द्वन्द्व चर्केपछि इजरायलबाट स्वदेश फर्किइन् फुटबलर सावित्रा

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी इजरायलबाट स्वदेश फर्किएकी छन् ।

व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी उनी हमास र इजरायलबीच द्वन्द्व चर्केपछि बुधबार राति स्वदेश फर्केकी हुन् ।

बुधबार राति उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेस शाहले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

सावित्रा यसै सिजन इजरायली क्लब हापोएल रानानामा अनुबन्ध भएकी थिइन् ।

प्रतिक्रिया