राष्ट्र बैंकमा माछापुच्छ्रे बैंकको क्यूआर कोड

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । नेपालीहरूको महान चाड बडा दसैंलाई केन्द्रीत गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको बैंकले बताएको छ ।

उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्य एवम् माछापुच्छे« बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरी सेवा सुरुवात गरेका हुन् ।
उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा नयाँ नेपाली नोट सटही लिन आउने सेवाग्राहीले क्यूआरमार्फत् भुक्तानी गरी सटही सुविधा लिन सक्नेछन् । जसले गर्दा सेवाग्राहीको काम छिटोछरितो हुन गई नगदरहित कारोबारमा समेत टेवा पुग्ने बताइएको छ ।

प्रतिक्रिया