काठमाडौं । कनेक्ट आइपीएसले रिफर अ फ्रेण्ड अफर ल्याएको छ । अफरअन्तर्गत कनेक्ट आइपीएसका प्रयोगकर्ताले साथी, परिवार तथा आफन्तलाई कनेक्ट आइपीएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन् । सो अफर मंसिर १६ सम्म सिफारिस लिनेले आफ्नो बैंक खाता भेरिफाई गराएपछि सिफारिसकर्ताले २५ र सिफारिस लिनेले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।
अफरको फाइदा लिन सिफारिस गर्नेले आफ्ना साथी तथा आफन्तलाई आफ्नो सिफारिस कोड दिनुपर्ने हुन्छ । सिफारिस लिनेले भने कनेक्ट आइपीएसमा नयाँ युजर रजिष्टर गर्दा उक्त सिफारिस कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरेसँगै सिफारिसकर्ताको खातामा नगद जम्मा हुने बताइएको छ ।
प्रतिक्रिया