कोका–कोला फाउण्डेसन र माइती नेपालबीच सहकार्य

काठमाडौं । एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनमार्फत दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तिकरणतर्फको यात्राको नेतृत्व गर्दै कोका–कोला फाउन्डेसनले माइती नेपालसँग सहकार्य थालनी गरेको छ ।

सामूहिक प्रयासबाट सशक्तिकरण, करुणा र दिगो प्रगतिको प्रतीक रहेको यस परियोजनाको शुभारम्भ मुख्यमन्त्रीको हातबाट भएको कम्पनीले जनाएको छ । यस परियोजनाअन्तर्गत बाँचेका, ग्रामीण महिला र बेचबिखनको जोखिममा परेका बालिकालाई तालिम दिने गरी तालिम केन्द्र स्थापना गरिने जनाइएको छ । परियोजनाको लक्ष्य, ३० जनाका लागि दिगो आर्थिक स्रोत सुनिश्चित गर्ने र उनीहरूलाई कृषि क्षेत्रमा सफलताको लागि आवश्यक सीपहरू प्रदान गर्ने रहेको छ । तालिम पश्चात् संस्थाले सहभागीलाई स्टार्ट–अप गर्न आवश्यक कोषका लागि स्थानीय सरकार र बैंकिङ संस्थासँग लिंक गर्नेछ ।

दोस्रो वर्षमा भने फाउन्डेसनले रोजगारीका अवसर प्रदान गर्नुका साथै सहभागीलाई उनीहरुले नयाँ सिकेको ज्ञान कार्यान्वयन गर्न कृषि–पर्यटनका नमूना इकाई स्थापना गर्ने योजना पनि बनाएको छ । साथै आफ्नो गाउँमै करियर बनाउन चाहनेलाई संस्थाले स्थानीय निकायसँग समन्वय गरी बैंकबाट कृषि ऋण लगायत आर्थिक सहयोग पनि उपलब्ध गराउनेछ । कोका–कोला सिस्टमले ५० वर्षभन्दा बढी समयदेखि नेपालीलाई एकजुट गर्न, मेजरेबल ट्रान्स्फर्मेशन गर्न र नेपालमा विकास ल्याउन प्रयास गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया