काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आशिफ शेखले भारतविरुद्ध ऐतिहासिक अर्धशतक बनाएका छन् । भारतविरुद्ध आशिफले २७.२ ओभरमा अर्धशतक पूरा गरेका हुन् । आशिफले ८८ बलमा ७ चौका हाने ।
वान डे क्रिकेटमा आशिफको यो दशौँ अर्धशतक हो, आशिफले ओडीआईमा सर्वाधिक १ सय १० रन हानेका छन् ।
भारतविरुद्ध अर्धशतक हान्ने आशिफ पहिलो खेलाडी हुन्। सिनियर क्रिकेटमा नेपाल र भारत पहिलो पटक आमनेसामने भएका हुन् ।
प्रतिक्रिया