काठमाडौं । नेपाली राष्ट्रिय टोलीकी उपकप्तान इन्दु बर्मा बहराइनविरुद्धको खेलमा प्लेयर अफ दि म्याच बनेकी छन् । इन्दुले ४ ओभरमा २ मेडनसहित मात्र ५ रन खर्चेर ३ विकेट लिएकी थिइन् ।
किफायती बलिङ गरेकी इन्दुले खेलपछि भनिन्, आज मेरो दिन थियो, त्यसैले प्रर्दशन राम्रो भयो । शुक्रबार मलेसियामा भएको आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।
बहराइनले दिएको ३२ रनको झिनो लक्ष्य नेपालले २.५ ओभरमै पूरा गर्यो । नेपालका लागि ओपनर सीता राना मगर र काजल कुवँरले ३२ रनको अविजित साझेदारी गरेपछी नेपालले सहज जित निकालेको हो । कविता १७ र सीता २ रनमा नटआउट रहे ।
त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराईन १५.४ ओभरमा ३१ रनमा अलआउट भएको थियो ।
प्रतिक्रिया