महिलामाथि हुने हिंसामा कमी ल्याउन बलियो कानुन बनाउनु पर्छ । खासगरी महिला हिंसाविरूद्ध नेपालमा कानुन छैन । बलात्कार, घरेलु हिंसालगायतका महिला हिंसामा खासै कडा कानुन बनाइएको पाइँदैन । महिलामाथि हुने बलत्कारका घटनामा बनेको कानुन महिलामुखी छैन । हिंसा, बलात्कार, दुव्र्यवहारका घटना नियन्त्रण गर्न विशेष कानुन ल्याउनुपर्छ । महिलाका लागि पनि अन्य नागरिक सरह कानुन बनाइनुपर्छ । बलात्कारीलाई जन्मकैदसम्मको सजायको कानुनी व्यवस्था गरिनुपर्छ । साथै, राज्यले बलात्कृत महिलालाई सही मानसिकतामा ल्याउन सकारात्मक परामर्श दिनु पनि आवश्यक छ । मृत्युदण्ड नै दिनुपर्छ भन्ने हाम्रो माग होइन । म एउटा मानवअधिकारकर्मी भएका कारण यो त्यसको विपरीत हुन्छ । विकृत मानसिकताका लागि शिक्षामा समेत परिर्वतन गर्नुपर्छ । पाठ्यक्रममा यौन शिक्षालाई सकारात्मक रूपमा प्रयोग गरिनुपर्छ । अहिले राजनीतिमा बढ्दै गएको अपराधिकरणलाई निर्मुल पार्नुपर्छ । देश खुला भयो । राजनीति, सञ्चार र सोचमा परिर्वतन आएको छ तर यससँगै रुढीवादी परम्परा र सामाजिक सोचमा परिर्वतन आउन नसकेका कारण महिलामाथि हुने हिंसा बढ्दै गएका छन् । नेपालमा ‘फास्ट टयाक कोड’ ल्याउनुपर्छ । यो ऐनका लागि सर्वोच्च अदालतले पहल एवं व्यवस्थाका लागि सरकारलाई निर्देशन दिएको थियो । यसले हिंसामा परेका कैयाँै महिलाले माना चामलका लागि महिनौँ र वर्षौंसम्म भाँैतारिनु पर्ने छैन ।
प्रतिक्रिया