शान्ति सुरक्षा देउः घिमिरे

पोखरा, १२ पुस । गृहसचिव नवीन घिमिरेले सर्वसाधारणलाई प्रभावकारी सेवा पुराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
उनले प्रभावकारी सेवा दिँदा शान्ति सुरक्षालाई प्रहिलो प्राथमिकतामा राख्न सुझाव दिएका हुन् । पोखरामा आज समापन भएको सुरक्षा प्रमुखहरुको क्षेत्रीय भेलामा उनले प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई राजनीतिक दलका नेताहरुको ढोका नचाहर्न आग्रह गरे ।
सम्मेलनमा नेपाल प्रहरीका महानिरीक्षक कुबेर सिंह राना, सशस्त्र प्रहरीका प्रमुख कोषराज वन्त, राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख मोती गुरुङलगायत पश्चिमाञ्चलका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया