ललितपुरको टौखेलमा एभरेष्ट बैंकको शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिग सेवा र सुबिधा उपलब्ध गराउनका लागि ललितपुरको टौखेलमा १ सय १८ औं शाखा शाखा संचालनमा ल्याएको छ ।

यो कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेल शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

उक्त उद्घाटन समारोहमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प रत्न शाक्य, गोदावरी नगरपालिकाका अध्यक्ष सानुराजा घिमिरे, गोदावरी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा अरनिको समाजका कार्यकारी सदस्य राजन महर्जन, एभरेष्ट बैंकका नायब महाप्रबन्धकद्घय केशव राज पौडेल तथा आषुतोश शर्मा, बैंकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायतका व्यक्तिको उपस्थिती रहेको थियो ।

उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले टौखेलका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका थिए । स्थापना काल देखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहक रहेका छन ।

देशैभरी छरिएर रहेका आफ्ना १ सय १८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालय, १ सय ५२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको बैकले जनाएको छ ।

प्रतिक्रिया