राहुल गान्धी नेपालमा

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेता राहुल गान्धी नेपाल आएका छन् । ५१ वर्षीय गान्धी सोमबार साँझ नेपाल आइपुगेका हुन् । उनी भिस्तार एयरलाइन्सको विमानबाट साँझ करिब ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइएको छ ।


गान्धी राजनीतिभन्दा पनि व्यक्तिगत भ्रमणका लागि नेपाल आएको स्रोतले जनाएको छ । उनी काठमाडौंको नक्सालस्थित होटल मेरियटमा बसेका छन् । गान्धीको भ्रमणबारे आधिकारिक रूपमा भने कुनै जानकारी दिइएको छैन ।

नेता गान्धीले पाँच दिन नेपालमा बिताउने बताइएका छन् । नेपाल भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट गर्ने वा नगर्ने भन्ने विषयमा भने केही बताइएको छैन । भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्षसमेत रहिसकेका गान्धी यसअघि ०७५ सालमा पनि नेपाल आएका थिए ।

प्रतिक्रिया