आज सार्वजनिक बिदा

काठमाडौं । सरकारले वैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र) को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

‘नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुुसार इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद–उल–फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम वैशाख २० गते मंगलबार बिदा कायम भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, गृह मन्त्रालयद्वारा सोमबार प्रकाशित सूचनामा भनिएको छ ।

प्रतिक्रिया