गरिमा बैंकका ग्राहकलाई ‘आगन्तुक रिर्सोट’मा छुट

काठमाडौं । पर्यटकिय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोटमा गरिमा विकास बैंकका ग्राहकले छुट पाउने भएका छन् । बुधबार बैंक र होटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवा सुविधामा आर्कषक छुट दिने सम्झौता भएको हो । बैंकले जारी गरेको विज्ञप्ति अनुसार बैंकका डेविट कार्ड तथा मोबाईल बैकिग प्रयोगकर्ताले रिर्सोटको रुममा २३ प्रतिशत र फुड एण्ड वेभरेजमा १४ प्रतिशत छुट पाउनेछन ।

साथै, ‘द एभरेष्ट होटल’सँग पनि बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छुट सम्बन्धि सम्झौता गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया