साथी एपबाट घरमै पीसीआर परीक्षण

काठमाडौं । राइड सेयरिङ एप साथीले कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिका लागि घरमै पीसीआर परीक्षण गराउने सेवा सुरु गरेको छ । राइड सेयरिङ सुविधा दिँदै आएको साथी राइडले कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न ‘घरमै बसौं, सुरक्षित रहौं’ भन्ने नाराका साथ विभिन्न अस्पताल तथा प्रयोगशालासँग सहकार्य गरी घरमै स्वाब संकलन गर्ने जनाएको छ । कम्पनीले यात्रुलाई राइड बुकिङ, रेन्टल कार सर्भिस तथा फुड डेलिभरी सेवा दिँदै आएको छ ।

हाल उपत्यकामा मात्रै यो सेवा सुरु भए पनि आउँदो दिनमा यस सुविधालाई विस्तार गर्दै विभिन्न जिल्लामा विस्तार गर्ने कम्पनीले जनाएको छ। विभिन्न संघ संस्थासँग सहकार्य गरी अब इमरजेन्सी कार सर्भिसका साथै हेलि एम्बुलेन्सको सुविधा पनि सञ्चालन गर्ने तयारीमा रहेका कम्पनीका बजार व्यवस्थापन प्रमुख इन्जोल श्रेष्ठले बताएका छन । सेवा लिनका लागि सेवाग्राहीले साथी एप डाउनलोड गरी त्यसमा आफ्नो नाम, ठेगाना सहितका अन्य विवरण भरेर रजिस्टर गर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया