नन–प्रोफेसनल बलिङमा ५० खेलाडी सहभागी

काठमाडौं : ‘प्रथम नन–प्रोफेसनल बलिङ टुर्नामेन्ट’ को पहिलो दिन ५० खेलाडीले सहभागिता जनाएका छन् ।
आइतबार भएको पहिलो दिनको खेलमा आधाभन्दा बढी युवाहरूको सहभागिता रहेको थियो । खेलमा बाँकी युवतीहरूले पनि बलिङमा सहभागिता जनाए । प्रतियोगिता सोमबार बेलुका सम्पन्न हुनेछ । समापनमा विजेतालाई पुरस्कार वितरण गरिनेछ ।
निजी क्षेत्रबाट पहिलोपटक गरिएको सो टुर्नामेन्टमा पहिलो, दोस्रो र तेस्रो हुने विजेताले क्रमश: २५, १५ र १० हजार रुपियाँ नगदसहित, सिल्ड एवं प्रमाणपत्र पाउने सिभिल इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक कैलाश बुढाथोकीले जानकारी दिए ।
दुई दिनसम्म चल्ने सो बलिङ प्रतियोगीको प्राप्त अंकलाई गोप्य नै राखिएको छ । सोमबार सबै अंक हेरेर विजयी खेलाडीको घोषणा गरिनेछ । (सौस)

प्रतिक्रिया