कालिकोट । रास्कोट नगरपालिका निवासी अगुवा कृषक विशाखर न्यौपानेले खेती गर्छन् । सधैका वर्षभरी उनले खेतिबाट मात्रै ८ लाख बार्षिक आम्दानी गर्छन् । खेतीबाटै उनले आफ्ना वालवालिकाको पढाई खर्च, घरपरिवारलाई चाहिने आर्थिक समस्या टारेर पनी बार्षिक ८ लाख बचत गर्छन । पहाडी क्षेत्रका साना किसानका लागि अनुकुलन आयोजना आशा परियोजनाअन्र्तगत मान्ममा अगुवा कृषकका लागि पुर्नताजगी तालिम दिइयो ।
विशाखर न्यौपाने लगायत २५ जना अगुवा कृषकले तालिम समेत लिए । तालिम पश्चात उनीहरु सवै गाउँमा गएर नयाँ प्रविधिबाट कृषि खेती गर्ने सोचमा छन् । विशाखर न्यौपानेले तालिममा गोठेमल व्यवस्थापन, अर्गानिक तरकारी उत्पादन, रोगकिरा ब्यवस्थापन जयलवायु परिवर्तन सम्वन्धि धेरै सीप सिकेको उनले बताए । विशाखरले टमाटर, बन्दा, आलु, काउली, प्याज लगाएतका तरकारी उत्पादन गरेर सदमुकाम मान्म सम्म बेच्न भ्याउछन् ।
विशाखर मात्र हैनन् पचालझरना गाउँपालिका ३ की सोवि वस्नेत पनि अगुवा कृषक हुन । १० जनाको परिवार रहेको सोवीको घरमा कोहि पनि रोजगारीमा छैनन । सवै परिवार कृषक खेतीमा अग्रसर छन् । परिवारलाई चाहिने आर्थिक जोहो उनको परिवारले कृषिबाटै कमाउछन् । सिजन अनुसारको खेती गरी उनको परिवारमा मासिक ४० हजार रुपैया चोखो आम्दानी हुन्छ ।
पछिल्लो समय कालिकोटमा कृषक खेती गरी आम्दानी गर्नेहरुको संख्यामा दिन प्रतिदिन बृद्धि हुदै गएको छ । पहाडी साना किसानका लागि अनुकुलन आयोजना, जिल्ला आयोजना समन्वय इकाई कालिकोटले जिल्लाका अधिकांश कृषकहरु लाई कृषक खेती र जलवायु परिवर्तन सम्वन्धि विभिन्न किसीमको सीप मुलक तालिम दिदै आएको आश परियोजनाका जिल्ला संयोजक निकेश कठायतले बताए । २०७२ सालमा आशा परियोजना लागु भए संगै कालिकोटमा कृषि तिर लाग्ने कृषकहरुले राम्रो आम्दानी गदै आएका छन् ।
बरिष्ट कृषि विज्ञ तथा प्रशिक्षक श्रीकान्त अधिकारीले ५ वटा स्थानिय तहका २५ जना सहभागिहरुलाई जलवायु अनुकुलित जलवायु मैत्री बेमौसमी तरकारी उत्पादन सम्वन्धि सहभागिहरुलाई हौषला प्रदान गर्ने तालिम दिए । उनले जलवायु अनुकुलित खेतिको प्रसार प्रसारमा अगुवा किसानको भुमिका बारे सहभागिहरुलाई प्रष्ट समेत पारे । आशा परियोजनाले कालिकोटमा जलवायु परिवर्तन का क्षेत्रमा मात्र काम गदैन जलवायु परिवर्तनबाट पशुपालनमा परेको असरबारे पनी काम गरिरहेको छ । प्रशिक्षक प्रवानन्द चौलागाँईले पशुपालन क्षेत्रमा परेको असर र आगमी दिनमा गर्नुपर्ने राम्रा पक्ष बारे विशेष छलफल समेत गरेका थिए ।
आशा परियोजनाले कालिकोटमा गरेका विभिन्न क्रियाकलपहरु महत्वपुर्ण रहेको सहभागिहरुले जनाए । जलवायु परिवर्तनको असरबाट विभिन्न बाली, तरकारी, खाद्यन्न, फलफुल बालिमा लाग्ने किरा,रोग व्यवस्थापनकालागि प्रशिक्षक चन्दा नेपालले उचित शिक्षा बाँडेकी छन् । आशा परियोजना कालिकोटका जिल्ला संयोजक निकेश कठायतले स्थानीय स्तरमा रहेका कृषकका समस्याको पहिचान गरी तत्काल उनीहरुलाई यस्ता खाले समस्याबाट मुक्त गराउने बताए ।
कालिकाेट
प्रतिक्रिया