काठमाडौं २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पार्टी एकताको नाममा राजसंस्था त्याग्न नसक्ने स्पष्ट पारेका छन् ।
तमलोपा नेपाल परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका समावेशी लोकतान्त्रिक ट्रेड युनियन महासंघ नेपालका ४० नेता तथा पदाधिकारीको स्वागतमा आज राजधानीमा आयोजित कार्यक्रममा थापाले संघीयताको नाममा नेपाललाई टुक्राटुक्रा पार्ने षडयन्त्र भएको आरोप लगाए । उनले पार्टी एकताको नाममा राजसंस्था त्याग्न नसकिने बताए । राप्रपा र जनशक्ति पार्टीसँगको एकता प्रसंग चलिरहेका सन्दर्भमा अध्यक्ष थापाको यस्तो टिप्पणी आएको हो ।
ठूला दलहरुको दलगत स्वार्थ र सत्ता लिप्साका कारण संविधान बन्न नसक्ने दावी गर्दै थापाले लेनदेनको आधारमा संविधान जारी गरे त्यसले मुलुकमा विग्रह ल्याउने चेतावनी दिए । उनले प्रमुख दलका नेताहरुलाई आफ्नो कार्यशैली सुधार्दै राजाको विचारलाई स्विकारेर मुलुकलाई निकास दिन सुझाव दिए ।
प्रतिक्रिया