माफ गर्न नसकिने राष्ट्रघात

सत्ता र शक्तिको जंगली भोक मेटाउन र जनतालाई बलि चढाउन पछि नपर्नेहरूलाई प्रधानमन्त्री एवं नेता मान्न हामी अभिशप्त छौँ । एकसाथ राष्ट्रघात र क्रान्तिघात गर्ने प्रचण्ड र बाबुराम नामक खतरनाक सत्ताभोगीहरूको सनसनीपूर्ण रहस्यको खुलासा भएको छ । क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशन गरेको ‘नेपाल इन ट्रान्जिसन : फ्रम पिपल्स वार टु फ्रेजायल पिस’ भन्ने पुस्तकमा समेटिएको आºनो लेखमार्फत बाबुरामका गुरु एवं जेएनयुका प्राध्यापक एसडी मुनीले प्रचण्ड, बाबुरामको असली अनुहार नंग्याइदिएका छन् । जिउज्यान जोगाएर सिंहदरबारमा राज गर्ने एक सूत्रीय घनचक्करमा निर्लिप्त प्रचण्ड, बाबुरामले सजमोकालमा बुझाएको ४० बुँदे ज्ञापनपत्रलाई डस्टबिनमा ºयाँक्दै आफैँद्वारा घोषित विस्तारवादी भारतीय शासकवर्गको चरणकमलमा निर्लज्ज बिन्तिपत्र चढाएका रहेछन् । दिल्लीको क्रेनले तानेर नेपालको सत्तामा पुर्‍याइदिने हो भने भारतको हितमा गम्भीर असर पर्ने कुनै काम नगर्ने व्यहोराको बिन्तिपत्रले प्रचण्ड, बाबुरामको क्रान्तिकारी नाटकको पर्दा नराम्ररी उघ्रिएको छ । ‘आइबी’, ‘रअ’ जस्ता खुफिया एजेन्सीसँग उनीहरूको हिमचिम हुनु झनै आपत्तिको विषय हो । तत्कालीन ‘र’ प्रमुख हर्मिस थाराकानसँग बाबुरामको सुमधुर सम्बन्धलाई प्रयोग गर्दै उनीहरू दिल्ली दरबारसम्म हारगुहार गर्न पुगेका रहेछन् भन्ने राष्ट्रघाती पोल मुनीले खोलिदिएपछि प्रचण्ड, बाबुराम क्याम्पमा ठूलै खैलाबैला मच्चिएको छ । त्यसलाई ढाकछोप गर्न गोयबल्स शैलीमा उनीहरूले यतिबेला अर्कै व्यहोराको चिठी केही मिडियामार्फत सार्वजनिक गरेका छन् । साम्राज्यवादी विस्तारवादी भनिएका अमेरिकी र भारतीय शासकवर्ग समक्ष प्रचण्ड, बाबुरामले जनयुद्धकालमा अझ खतरनाक बिन्तिपत्रहरू चढाएका हुन सक्छन् । मुनीलगायतका मेसेन्जर वा मेडिएटरहरूले तिनलाई पनि सार्वजनिक गरिदिएर रहस्यमय इतिहासको पर्दा थप उघारिदिऊन् ।
हजारौँ नेपालीले बगाएको लाखौँ लिटर रगत, अर्बौंको क्षति असफल देश बुन्ने हदसम्मको राष्ट्रघात र मुलुकलाई दशकौँ पछाडि धकेल्ने ध्वंसवाद के यी सबै हर्कतहरू प्रचण्ड र बाबुराम नामक दुई सत्तापिपासुको महत्त्वाकांक्षाको मूल्यमा रचना गरिएको निर्दयी नाटक मात्रै थियो ? विडम्बना यिनले गरेको राष्ट्रघात र क्रान्तिघातको महँगो मोल तिर्न देश विवश छ । प्रचण्ड, बाबुरामका तुच्छ सत्ताको निम्ति दिल्लीमा गरिएका अनगिन्ती नाजायज तमसुकहरूको सावाँब्याज अहिले बिप्पा, नौमुरेलगायत राष्ट्रघाती सम्झौतामार्फत नेपालले तिरिरहेको छ । यिनलाई सत्ताको लामो बन्दोबस्त मिलाइदिने हो भने देशलाई सिक्किम र आफूलाई लेन्डुप दोर्जेमा फेर्न यी रत्तिभर हिच्किचाउने छैनन् । जवाहरलाल नेहरू युनिभर्सिटी पढ्दै भारतीय थिंकट्यांकद्वारा ब्रेनवास गरिएका डा. बाबुराम जनयुद्ध हुँदै सरकारसम्म पुग्दा बल्ल आºनो सक्कली चरित्रमा प्रकट भएका छन् । मिथकहरूमा वर्णित मायावी पात्रझैँ तीनदशक लामो राजनीतिक यात्रामा यिनको ‘बोर्ड फस्ट व्यक्तित्व’ ‘त्यागी छवि’, क्रान्तिकारी र देशभक्त अभिनयबाट हिप्नोटाइज्ड भएर धेरैले मृत्युयात्रा रोजे । पढाइमा उत्कृष्ट बाबुराम क्रान्तिकारी राजनीतिमा फेल भए । सरकारी कुर्सी हत्याउन र टिक्न केसम्म गरेनन् यिनले– मधेसी दलहरूसँग साउथ ब्लकको डिजाइनमा राष्ट्रहित प्रतिकूलको सम्झौता, देशघाती बिप्पा सम्झौता, राष्ट्रिय सुरक्षाको दृष्टिले मुलुकको अति संवेदनशील एयरपोर्ट घुमाउरो तरिकाले भारतीय नियन्त्रणमा सुम्पने गोप्य सहमति आदि इत्यादि । एमाले र कांग्रेसका प्रधानमन्त्रीहरूले समेत गर्न नमानेका राष्ट्रघाती सम्झौताहरू गरेर सरकारमा ढलीमली गर्ने प्रचण्ड–बाबुरामको यस्तो नक्कली ‘क्रान्तिकारिता’ स्वयंमा एउटा राष्ट्रिय लज्जा हो । भाँडमा जाओस् देशलाई नै जुवाको खालमा राखेर सत्तासुख भोग्ने यस्ता बाह्रमासे क्रान्तिकारी–हरूको– ‘एक्काइसौँ शताब्दीको जनवाद ।’ सुशील कोइराला, झलनाथ खनाल र माधव नेपालहरूलाई समेत नपच्ने ‘देशको चाबी त अन्तै रहेछ’ भन्ने प्रधानमन्त्री बाबुरामको घटीया अभिव्यक्तिले उनी साम्राज्यवादी–विस्तारवादी रिमोर्टले चल्ने मामुली रोबर्ट भएको प्रस्ट भयो । डिएनए टेस्ट गर्ने हो भने प्रचण्ड, बाबुरामको शरीरमा वासिंटन र दिल्लीको ‘जिन’ भेटिनेछ । कम्युनिस्ट कभरमा देखिएका यी यस्ता कठपुतली हुन्, जसलाई जनयुद्धकालमै विस्तारवादले अनगिन्ती सम्झौताको जेलमा ताल्चा मारेर साँचो आºनो हातमा राखिसकेको छ । थुन्सेमा छोपेको बिरालोले म्याउँ गरेझैँ अहिले आएर निरीह बाबुरामले यस्तो अप्रिय सत्य प्रकट गरेका छन् । आइन्दा, यस्ता दिल्लीका बच्चाहरूले देशभक्तिको हावादारी भाषण गरे भने स्वाभिमानी नेपालीहरूले यिनलाई भ्याकुर लखेटेझैँ खेद्नेछन् । भारतका रहस्यमय गल्लीहरूमा ‘रअ’ ले बन्दोबस्त गरिदिएको मांसहारी भोजन हसुर्दै ‘सुरुङ युद्ध’ को खैँजडी बजाउने यस्ता नामुद षड्यन्त्रकारीहरूलाई अब ‘देशद्रोही’ घोषणा गर्नुपर्छ । आमातुल्य देशमाथि घात गर्ने यस्ता कपूतहरूलाई सिंहदरबारबाट तुरुन्तै घोक्रेठ्याक लगाइनुपर्छ । सम्पूर्ण सरकारी सुविधा खोसेर सेन्ट्रल वा नक्खु जेलमा बाँकी जीवन अपमानपूर्वक रुँदै बिताउने प्रबन्ध गरिनुपर्छ ।
लुटी ल्याएर भुटी खाने भद्दा उपयोगितावादी एमाओवादी अहिले नीति र नेतृत्वहीनताको सिकार भएको छ । निरन्तर सरकारमा बसेर थप राष्ट्रघात गर्न र लुट्न बाबुरामले ºयाँकेको चुनावी अस्त्र पनि भुत्ते भइसक्यो । फलामको च्युरा साबित हुने संविधानसभा–२ को चुनावमा जान डराइरहेको एमाओवादीले ताजा जनादेशको गफ दिनु सबैभन्दा टीठलाग्दो राष्ट्रिय ठट्टा मान्नुपर्छ । चुनावमा जानै कम्तीमा दुईवटा चिज उसले जोगाउनुपर्छ । प्रथमत: ऊसँग बिकाउ एजेन्डा हुनुपर्‍यो । नेपालमा सबैभन्दा खपत हुने एजेन्डा हो– राष्ट्रियता, जसको सर्वथा अभाव हुनेछ ऊसँग । इतिहासकै सर्वाधिक भ्रष्टाचारीमा दर्ज एमाओवादीले अब यस विषयमा चुइँक्क बोल्ने नैतिक हिम्मत गर्नेछैन । महँगी, कालोबजारी बढाउन ऊ अन्य संसद्वादीसरह नै दोषी ठानिएको छ । त्यसैले आगामी निर्वाचनमा एमाओवादी पपुलर नीति र एजेन्डाविना नै होमिनुपर्ने बाध्यात्मक पोजिसनमा छ । मोहन वैद्य ‘किरण’ लगायतका इमानदार र त्यागी नेताहरूले साथ छाडिदिएपछि त चुनावी प्रयोजन खातिर ऊसँग कुनै बिकाउ नेतृत्व अनुहार नै छैन । प्रचण्ड र बाबुरामको चेहराले विगतमा जसरी भोट बढायो, अब त्यसरी नै घटाउनेछ । क्रान्तिघात र राष्ट्रघातको एकमुष्ठ नतिजा यही हुनेछ कि– चुनावबाट उदाएको एमाओवादी चुनावबाटै अस्ताउनेछ । होस सम्हालिसकेका जनताले अब सावधानीपूर्वक भोटको चोटले जनद्रोही र देशद्रोहीहरूलाई ठहरै पार्नेछन् । बिप्पाको विरोध गर्दै सरकारमा बसेर बिप्पालाई नै सदर गर्ने नारायणकाजीले भृकुटीमण्डपमा जतिसुकै उफ्रिएर राष्ट्रियताको ‘स्टन्ट’ गरे पनि एमाओवादीभित्र विगतमा किरणले ओगटेको राष्ट्रवादी ‘स्पेस’ उनलाई कदापि मिल्ने छैन । दिल्लीको ‘पो–रोल’मा बसेर सरकारमा बार्गेनिङ चलाउने यस्ता जोक्करले जनताको संवेदना भजाएर भविष्यमा प्रधानमन्त्री बन्ने सपना देख्नु लोकतन्त्रको भीषण बर्बादी हो । विस्तारवादका दुई कौडीका धुपौरेहरूको जन्म नै देशको सबैभन्दा ठूलो दु:ख हो ।
नेपाली सत्तामा बाबुरामको उपस्थिति बहुआयामिक रूपमा फइदाजनक हुँदासम्म दिल्लीले उनको विकल्प खोज्ने छाँटकाँट देखिन्न । सरकारमा पुग्न दिल्लीकै आशीर्वादमा निर्भर कांग्रेस, एमाले किरण नेतृत्वको नेकपा–माओवादीसँग मिलेर जुझारु आन्दोलनमा उत्रन नसक्नुको मूल कारण यही हो । बाबुराम सरकारलाई बलजºती टिकाइराख्नुको खास कारण हो– भविष्यमा दमनको लिस्टमा राखिएका चीनपरस्त (भारतविरोधी) किरण समूहलाई सरकारमा वैधानिक स्पेस नदिने दिल्लीको भित्री मनसाय । किनकि उनीहरूलाई थाहा छ, बाबुरामको सरकार ढलेर बन्ने नयाँ सत्ता गठबन्धनको शक्तिशाली ‘स्टेक होल्डर’ किरणहरू बन्नेछन् । भारतमार्फत मित्रराष्ट्र चीनलाई हान्ने (कन्टेन्ट गर्ने) पश्चिमा डिजाइनअन्तर्गत नेपाली एयरपोर्ट भारतीयलाई सुम्पन्न सहमत डा. बाबुराम साम्राज्यवादी आँखामा जचेपछि थप ‘शक्तिशाली’ भएका छन् । चिनियाँ सरकारको ‘ब्ल्याक लिस्ट’ मा परे पनि (यद्यपि चिनियाँ सरकारसँग औपचारिक भेटको प्रचार गराउने मौकाको प्रतीक्षामा व्यग्र छन् डा. बाबुराम) चीनलाई सुरक्षा थ्रेट हुनेगरी फ्रि– तिब्बत एजेन्टहरूलाई यहाँ चलखेल गर्न दिने जोखिम मोलेकैले ‘इन्डो–अमेरिकन’ गुड बुकमा डा. बाबुराम दर्ज भएका छन् । नेपाली, जनयुद्धलाई बर्बाद बनाएर भारतीय माओवादीलाई निराशाको ‘पाठ’ पढाउन सक्नु, लाखौँ भारतीयलाई नक्कली नेपाली नागरिक बनाउन मद्दत पुर्‍याउनु, एमाले–कांग्रेसले गर्न नसकेका राष्ट्रघाती सम्झौताहरू खुरुखुरु गरिदिनु, नेपाललाई ‘स्याटलाइट स्टेट वा नवउपनिवेश बनाउने भारतीय मिसनमा प्रमुख सहयोगी बनिदिनुजस्ता अमूल्य योगदान पुर्‍याएबापत एमाओवादी नेताहरूप्रति भारतीय शासकवर्ग विशेष आभारी देखिन्छ । त्यसमा पनि अविश्वसनीय, सिजनल र रहस्यमय प्रचण्डभन्दा उनलाई समेत दिल्लीको जुवामुनि नार्न सक्ने मास्टरमाइन्ड मानिएका सदाकालका विश्वसनीय भारतीय सेवक डा. बाबुरामलाई उसले एउटा विशेष पुरस्कार दिन खोजेको आभास मिल्छ । त्यो अरू केही नभएर एमाओवादी पार्टी अध्यक्ष पद नै हो । त्यसका निम्ति माघमा हुने भनिएको महाधिवेशनलाई भरमार उपयोग गरिनेछ । बाबुरामलाई सरकारमा टिकाएरै महाधिवेशन कब्जा गर्न आवश्यक साम दाम, दण्ड, भेद परिचालन गर्न सहज हुने आँकलन दिल्लीले गरेको हुन सक्छ । यस्तो भएमा पुन: अध्यक्ष पड्काउने जोसमा होस गुमाउन तयार प्रचण्डबाट बाबुरामभन्दा ज्यादा लाभ (राष्ट्रघात) दिल्लीले लिन सक्छ । जे होस् माओवादी महाधिवेशनलाई आºनो स्वार्थ सिद्ध गर्ने म्याराथुन बनाउँदै प्रचण्ड, बाबुरामलाई राष्ट्रघाती दौडमा उसले उत्तेजित गर्ने निश्चितप्राय: छ ।

प्रतिक्रिया