काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविरामको बारेमा अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणाप्रति राजस्थानका पूर्व उपमुख्यमन्त्री तथा कांग्रेसका महासचिव सचिन पायलटले प्रतिक्रिया दिएका छन् ।
पछिल्लो समय भारत र पाकिस्तानबीचको द्वन्द्व चर्किनै लाग्दा शनिबार साँझ युद्धविराम घोषणा भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानको युद्धविराम भएको घोषणा गरेका थिए ।
त्यसपछि यी दुई देशबीच युद्धविराम भएको विषयमा ट्रम्पले आफ्नो भनाइ राखेका थिए भने राजस्थानका पूर्व उपमुख्यमन्त्री तथा कांग्रेसले आइतबार उनको भनाइप्रति पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
पार्टीको पत्रकार सम्मेलनमा महासचिव सचिन पायलटले भने, ‘म हाम्रा सैनिकहरू, भारतीय सेना र वायुसेनाहरूको वीरता र साहसलाई सलाम गर्न चाहन्छु, भारतीय सेनाले फेरि एक पटक यो विश्वको उत्कृष्ट सेनाहरू मध्ये एक हो भनेर प्रमाणित गरेको छ ।’
पाइलटले पछिल्लो २४ घण्टामा घटनाक्रम धेरै छिटो परिवर्तन भएको छ र अमेरिकी राष्ट्रपतिले युद्धविरामको घोषणा गर्नु आश्चर्यजनक भएको बताए ।
उनले भने, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गर्दा हामी सबै धेरै छक्क परेका थियौँ, सायद यो पहिलो पटक हो कि कुनै अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका छन् ।’
ट्रम्पको सामाजिक सञ्जाल पोस्टमा जोड दिँदै सचिन पायलटले भने ‘यसमा भनिएका कुराहरूले भारत र पाकिस्तानको मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा लैजाने संकेत गर्दछ ।’ यसका साथै उनले संसदको विशेष अधिवेशन बोलाउन माग गरेका छन् ।
प्रतिक्रिया