
काठमाडौं । सुनसरीमा भएको हिंसात्मक झडपको विरोधमा हिन्दुवादीले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै मंगलबार उनीहरुले नाराबाजी, प्ले–कार्डसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले मुस्लिम समुदायविरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरुले मुस्लिमहरुलाई आतंककारीको संज्ञा दिँदै नेपालबाट भगाउनुपर्नेसम्म बताएका छन् ।
प्रदर्शनकारीले ‘मुस्लिमलाई मीठो बोली, हिन्दुलाई तातो गोली’, ‘नेपालका हरेक मस्जिद र मदरासामा निगरानी गर्’, ‘हिन्दुहरुको पर्वमा आक्रमण किन ?’ लगायत नारा लेखिएका प्ले–कार्ड बोकेका थिए ।
गत साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायका युवाबीच झडप भएको थियो । सामान्य वादविवादबाट सुरु भएको विषयले हिंसात्मक रुप लिँदा एक जनाको ज्यान गएको थियो ।–तस्विर नेपाल फोटो लाइब्रेरी











प्रतिक्रिया