सविना कार्की र प्रेम खड्कालाई उत्कृष्ट मोडलको अवार्ड

काठमाडौँ । नायिका सविना कार्की र प्रेम बि खड्काले यस बर्ष ‘दशौँ बिन्दावासिनी म्युजिक अवार्ड २०७६’ मा उत्कृष्ट मोडल बिधामा अवार्ड पाएका छन् । सविनाले धेरै चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी छन् भने प्रेम बि खड्काले धेरै म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

केही समय अभिनय क्षेत्रमा ब्याक भएकी सविनाले अबदेखि यसै क्षेत्रलाई निरन्तरता दिने बताइन् । उनले बिन्दावासिनी म्युजिक अवार्ड २०७६ मा तिम्रो आँशु नामक गीतबाट अवार्ड प्राप्त गरेकी हुन् । कार्की अभिनित दर्जनौँ गीत र चलचित्रले चर्चा पाउन सफल भएका थिए । अवार्ड प्राप्त गरेपछि नयिका कार्कीले खुशी ब्यक्त गर्दै दर्शकहरुको मायाले यो अवार्ड पाउन सफल भएको बताइन् ।

प्रतिक्रिया