कहीँ नभएको जात्रा हाँडी गाउँमा

नरेन्द्रमान श्रेष्ठ

हाम्रो समाजमा एउटा उखान छ–‘कहीँ नभएको जात्रा हाडी गाउँमा ।’ यो उखान हाम्रा देशका नेता सरकार राजनीतिक दलका नेता कार्यकर्ताहरूको लागि लागू हुनेगरेको छ । देशमा ३ तहको सरकार छ स्थानिय प्रदेश र सघ तर काम भने ‘हात्ती आयो हात्ती फुस्सा’ भने जस्तै भइरहेका छन्् । देश र जनताको लागि काम गर्ने भन्ने नेताहरू विदेश सयरमा मस्त छन्् । देशका नागरिकहरू हिलोपुरमा सयर गर्न बाध्य छन् भने नेताहरू सिङ्गापुरको सयर गर्ने गरिरहेका छन् । गरिब देशका धनी नेताहरू आराम गर्न पनि सिंगापुर दुबई पुग्छन् ।

देशको गाउँगाउँका स्वास्थ्य केन्द्रहरूमा सिटामोल छैन । तर, हाम्रा देशका नेता भनाउँदाहरू औषधि उपचार गर्न विदेश धाइरहेका हुन्छन् । हाम्रा देशका नेताहरूको लागि नेपालका डाक्टर साहेबहरू अयोग्य छन् यिनिहरू माथि विस्वास छैन । देशको प्रधानमन्त्रीलाईसमेत नेपालका डाक्टर साहेबहरूको विस्वास छैन योभन्दा विडम्बना अरू के हन्छ ? देशका नेता मन्त्री प्रधानमन्त्रीले स्वदेशमा नै स्वास्थ्य उपचार गरि उदाहरणिय बन्नुपर्नेमा उपचार गर्नको लागि विदेश चहारेका कारण जनताले पूर्वराजा नै ठीक भन्न थाल्ने अवस्था सिर्जना भएको छ ।

सम्पत्तिको नाममा ३ तोला सुन र १ कठ्ठा जग्गा भएका नेकपाका अध्यक्ष प्रचण्ड स परिवार दुबईको सयरमा जाने गरेका छन् । यसैगरी, आफ्नो श्रीमतीको औषधि उपचार गर्न विदेश विदेश धाउने गरिरहेका छ । के हाम्रा देशका ठूलाबडा नेताहरूलाई विदेशमा सबै निःशुल्क हन्छ ? कि कसो ? ३ तोला सुन सम्पति हुने प्रचण्ड वेला वेलामा विदेशको सयर गरिरहेका हुन्छन् । अनि भएन त कहिँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखान जस्तो ? स्थानीय सरकारका मेयरदेखि प्रधानमन्त्रीसम्म विदेशको सयर गर्नमा अगाडि नै छन् । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य पनि काठमाडौं महानगरलाई व्यवस्थित गर्ने भन्दा पनि विदेशको सयरमा नै रमाउने गरिरहेका छन्् । उनी काठमाडांै महानगरको मेयर भएको पनि २ वर्ष नाघिसक्यो, काठमाडौंको अस्तव्यस्तता घट्दो होइन बढ्दो छ । कतिपयको भनाइमा त काठमाडौं महानगर ध्वस्त नै भइसक्ने अवस्थामा पुगिसकेको छ । काठमाडौं महानगरका मुख्य–मुख्य सडकहरू पिच गर्न सकिरहेका छैनन् ।

खाल्डाखुल्डी त्यस्तै छन् । हिलो, धुलो, मैलो धुवाँ प्रदूषण बढिरहेको छ । काठमाडौंमा एक घण्टा मात्र पानी परे पनि सडकहरू पोखरीमा परिणत हुन्छन् । घरभित्रै, पसलभित्रै भल पसेको हुन्छ । ढल निकासको उचित व्यवस्था हुन सकेको छैन ।  त्यसैगरी, काठमाडौं महानगरको एउटा समस्याको फुटपाथको बजार । काठमाडौं महानगरको सडकमा अव्यवस्थित रूपमा राख्ने गरिएका फुटपाथका पसलहरूले पैदल यात्रु हैरान छन् । काठमाडौं महानगरले अव्यवस्थित फुटपाथ पसलहरूलाई महानगरपालिकाले नियन्त्रण तथा व्यवस्थित गर्न सकिरहेको छैन । मन्दिर, पार्क आकाशेपुल आदि अतिव्यस्त ठाउँहरू फुटपाथ पसलहरूले भरिएका छन् । बाटोमा हिँड्ने गुड्नेहरू समस्यामा छन्् । एकातिर नागरिकहरूलाई समस्या भइरहेको छ भने अर्को तिर ट्राफिक जामको समस्या बढेको छ । नागरिकहरू जोखिम मोलेर सडकबाट हिँड्न बाध्य छन्् । यसले दुर्घटनाको जोखिमसमेत बढाएको छ । तर, महानगरको भने यसमा ध्यान जान सकिरहेको छैन ।

सम्पत्तिको नाममा तीन तोला सुन र एक कठ्ठा जग्गा भएका नेकपाका अध्यक्ष प्रचण्ड स–परिवार दुबईको सयरमा जाने गरेका छन् । यसैगरी, आफ्नो श्रीमतीको औषधि उपचार गर्न विदेश धाउने गरिरहेका छन् । के हाम्रा देशका ठूलाबडा नेताहरूलाई विदेशमा सबै उपचार निःशुल्क हुन्छ ?

 

 

काठमाडौं महानगरमा थुप्रै नगर प्रहरीहरू छन् तर नगर प्रहरिहरू पनि महानगरको अव्यवस्थित फुटपाथ पसलहरूलाई स्थायीरूपमा समाधान गर्न चाहिरहेका छैनन् । महानगरका कतिपय नगर प्रहरीहरूले नै फुटपाथे पसलेहरूसँग आर्थिक लाभ लिने गरेको पनि सरोकारवालाहरूले बताउने गरेका छन् । त्यसोत कतिपय स्थानहरूमा स्थानीय क्लब टोल सुधार समितिहरू स्थानीय संघ संस्थाहरूले पनि आर्थिक लाभको लागि रकम लिई फुटपाथ पसल थाप्न दिइरहेका छन् । यसकारणले पनि फुटपाथ पसलहरूको स्थायीरूपमा नियन्त्रण हुन नसकेको हो ।

‘आफू ताक्छु मुढो बन्चरो ताक्छ घुँडो’ भने जस्तो पनि भइरहेका त होइन । जाबो फुटपाथ पसल पनि व्यवस्थित गर्न नसकेका मेयर साहेबले अरु के नै गर्छन् र ? भनेर पनि जनताले भन्ने गरेका छन् काठमाडौ महानगरमा नागरिकहरूको थाप्लोमा करको बोझ भरेजस्तै नेताहरूको सम्पत्ति बढेजस्तै महँगी बढेजस्तै बढिरहेका छन् फुटपाथ पसलहरू यसले राजधानीमा आप्रवासको समस्यासमेत बढिरहेका छन् ।

त्यसो त पछिल्लो समयमा काठमाडांै महानगरको केही क्षेत्र पहिलेभन्दा सफा सुग्घर देखिन थालेको पनि छ । त्यसैगरीm पछिल्लो समयमा पार्किङलाई पनि व्यवस्थित गर्न महानगर वडा कार्यालय स्थानीयवासीहरू स्थानीय क्लब संघसंस्थाहरूको सहकार्यमा प्रयास भइरहेको पनि छ । यस कार्यलाई राम्रो मान्न पर्छ । दलका नेता कार्यकर्ताहरूले जस्तो अन्धभक्त भएर समर्थन र विरोध मात्र पनि गर्न हुँदैन । यस्तो प्रवृत्ति भनेको दलाल प्रवृत्ति हो । राम्रो कामलाई नागरिकहरूले समर्थन पनि गर्नु पर्दछ ।

पछिल्लो समयमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले नागरिकहरूको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नभन्दा पनि अनावश्यक भौतिक संरचना निर्माणमा लागि परिरहेको देखिन्छ । चार अर्बको धरहरा बनाउने पानीजहाज रेल मोनोरेल चलाउने ठूला ठूला भ्यु टावरहरू निर्माण गर्ने स्विमिङ पुलसहितको मन्त्री क्वार्टर बनाउने विश्वविद्यालयको जग्गा हडपेर चार अर्बको क्रिकेट रंगशाला बनाउनेमा नै नेतादेखि अभिनेतासम्म लागिपरिरहेका छन् । काठमाडौंका स्थानीय रैथानेहरू सम्पदा संरक्षण अभियन्ताहरूको २२ तल्लाको झिल्के टावर धरहरा निर्माण गर्न आवश्यक नरहेको बताइरहेका छन् ।

यसले ऐतिहासिक पुरातात्विक सुन्धारालाई महत्वहिन बनाउँछ भन्दै सम्पदा संरक्षण अभियन्ताहरूले चर्को विरोध पनि गरिरहेका छन् । यो विरोधलाई जायज मान्नुपर्ने हुन्छ । त्यसो त पुरानो बसपार्कमा २५ तल्लाको भ्यु टावर निर्माणमा पनि स्थानीयहरूले चर्को विरोध गरेका थिए त्यहाँ भ्यु टावर निर्माण गर्न हुँदैन भनेर । सार्वजनिक जग्गाहरू, पार्कहरू, सार्वजनिक सम्पदाहरू, फुटपाथहरू संरक्षण गर्नु काठमाडांै महानगरको दायित्व पनि हो । तर, काठमाडौं महानगरले यसमा ध्यान दिएको भने देखिँदैन । महानगरका केही भ्रष्ट कर्मचारीहरूको मिलोमतोमा सार्वजनिक सम्पदाहरू मासेर केही भू–माफियाहरूले र बैंकरले ठूला ठूला सपिङमलहरू निर्माण गरिसकेका छन् ।

प्रतिक्रिया