गुल्मीमा घरभित्र चितुवा पस्यो

तम्घास । गुल्मीको इस्मा गाउँपालिका– ३ को एक घरमा चितुवा पसेपछि चितुवा हेर्न जानेको घुइँचो लागेको छ । इस्मा गाउँपालिका– ३ स्थित पूर्णप्रसाद खरेलको घरसँगैकोे खोरमा पसेको चितुवा आज बिहान कुखुरा निकाल्न जाँदा कुखुरासँगै चितुवा पनि बाहिर निस्केर खरेलको हात र खुट्टामा चिथोरेर मानिस सुत्ने कोठाभित्र पसेको थियो ।

उनि सामान्य घाइते भएकोे घटनास्थलमा पुगेका डिभिजन वन कार्यालयका नासु नवीनपन्थीले बताए । चितुवा घरभित्र पसेको जानकारी पाएपछि आज बिहान उक्त कार्यालयका प्रमुख रवीन्द्र महर्जनको नेतृत्वमा बाघखोरसहितको टोली घटनास्थल पुगिसकेको बताइएको छ । गत दुईसाताअघि छत्रकोट गाउँपालिका–१ हुँगामा पनि दुम्सीलाई थापेको पासोमा चितुवा परेको थियो । जिल्लामा पछिल्लो समयसदरमुकाम तम्घासलगायत ग्रामीण क्षेत्रमा चितुवाको बिगबिगी बढ्दै गएको छ ।

प्रतिक्रिया