संयुक्त राष्ट्रसंघीय सदस्यमा नेपाल निर्वाचित

काठमाडौँ । नेपाल संयुक्त राष्ट्रसंघिय शान्ति निर्माण आयोग पिबिसीको सङ्गठन कमिटीको सदस्यमा निर्वाचित भएको छ । महासभा समूहअन्तर्गत नेपाल दुई वर्षका निम्ति सदस्यमा आज निर्वाचित भएको हो ।

नेपालसँगै इजिप्ट, ग्वाटेमाला, केन्या, मेक्सिको पनि कमिटी सदस्यमा चयन भएका न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ । नेपालले सदस्यको पदभार यही पुस १७ गतेदेखि सम्हाल्ने छ । उक्त पदमा नेपाल एशिया प्रशान्त क्षेत्रका देशबाट सर्वसम्मत रुपमा निर्वाचित भएको हो ।

विश्व शान्ति स्थापनार्थ सञ्चालित संयुक्त राष्ट्रसंघीय शान्ति कार्यदलमा नेपाली सेना र नेपाल प्रहरीबाट सुरक्षा दस्ता पठाएर योगदान गर्ने विश्वको पाँचौँ राष्ट्र नेपाल हो ।

प्रतिक्रिया