चौतर्फी विरोधपछि हट्यो जोर विजोर प्रणाली

काठमाडौँ । जोर विजोर प्रणाली चौतर्फी विरोधपछि सरकारले हटाएको छ । ट्राफिक प्रहरी महाशाखाले जनाए अनुसार विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको हो ।

एनजीओले गर्न लागेको एसिया प्यासिफिक समिट-२०१८ का लागि भन्दै ट्राफिक प्रहरीले १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागू गरिएको थियो ।

तर, पहिलो दिन नै यसको चर्को विरोध भयो । जोरविजोर प्रणाली अवज्ञा गर्न आहृवान समेत भएको थियो । सरकारकै आलोचना भएपछि गृह मन्त्रालयले शुक्रबार विहानबाट जोरविजोर प्रणाली हटाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया