बाबुकाजी कार्की शिक्षण पेसाप्रति दिनप्रतिदिन आकर्षण बढ्दै गएको छ । निजी क्षेत्रका पेसाभन्दा तुलानात्मक रूपमा आकर्षक सेवा सुविधा भएका कारणले पनि सरकारी शिक्षक बन्ने होड चलेको हो ।
विद्यालय शिक्षाका लागि विगतमा शिक्षक भर्ना गर्ने नीति नियममा विविधता हुनाले अहिलेसम्म सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन गर्न सरकारलाई सहज भएको छैन । सामुदायिक विद्यालयमा अहिले पनि अठार किसिमका शिक्षकहरू कार्यरत भएको पाइन्छ।
राज्यले शिक्षक व्यवस्थापनका लागि दिगो र भविष्यदर्शी नीति लिनुभन्दा पनि टालटुले रणनीति अपनाउनाले अहिलेसम्म शिक्षक स्थायी गर्ने सम्बन्धि कतिपय मुद्दाहरू जिउँका तिउँ रहेका छन् ।
अस्थायी शिक्षकहरूको समस्या समाधानका लागि विगतमा अनगिन्ती समिति र प्रतिवेदन तयार भएता पनि आसातित् उपलब्धि हुन सकेको छैन । देश विकासको अपरिहार्य आधारभूत सर्त शिक्षाजस्तो संवेदनशील क्षेत्रमा राज्यको उदासिनता हुनु दु:खद हो ।
शिक्षा क्षेत्रमा देखिएका अनगिन्ती समस्याहरूमध्ये लामो समयसम्म अस्थायी रूपमा कार्यरत शिक्षकलाई शिक्षक सेवा आयोगबाट स्थायी गर्ने तौरतरिका विवादरहित हुन सकेको छैन । वर्षौं अध्यापन गरेका शिक्षकहरू एक्कासि शिक्षक सेवा आयोगको परीक्षा दिनुपर्दा हच्केको पाइन्छ ।
विद्यार्थीको परीक्षा मात्र लिएका आफूले कहिल्यै परीक्षा नदिएका उमेर ढल्किसकेका शिक्षकहरूका लागि आयोगको प्रतिस्पर्धात्मक परीक्षा काउसो बनेको छ । ‘नखाऊँ भने दिन भरिको सिकार खाऊँ भने कान्छा बाबुको अनुहार’ भने जस्तै भएको छ । विद्यमान नीतिअनुसार परीक्षा नदिई स्थायी हुन नसकिने भएकाले परीक्षाबाट डराउनुभन्दा पनि तयारी गरेर सम्मिलित भै स्थायी हुनुको विकल्प अहिलेसम्म अगाडि आएको छैन ।
हुन त हामी कहाँ ०४८ सालमा अस्थायी शिक्षकहरूलाई सामान्य प्रक्रिया पुर्याएर स्थायी गरिएको नजीर पनि छ । तथापि, अहिलेको परिस्थतिमा स्वतः स्थायी हुने कल्पना धेरै परको विषय हो । तसर्थ, अस्थायी शिक्षकहरूले धैर्यता पूर्वक परीक्षाको तयारी गरेर सशक्त र सहज रूपमा परीक्षा दिएर स्वाभिमानी पूर्वक स्थायी हुनु नै उत्तम विकल्प हो ।
शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरूका लागि स्थायी गर्नका लागि विज्ञापन गरेर परीक्षाको मितिसमेत तोकी सकेको छ । लामो समयसम्म अस्थायी रूपमा कार्यरत शिक्षकहरू परीक्षा दिनका लागि जुटेका छन्।यस प्रतिस्पर्धात्मक परीक्षामा सफल हुन विषयवस्तुको ज्ञान, समयको व्यवस्थापन, प्रश्नहरूको आकर्षक र ठोस उत्तर दिन सक्ने कौशलताले अहं भूमिका खेलेको हुन्छ ।
आयोगको परीक्षामा सफलता हासिल गर्न 3C = Content, Context & Communication मा विशेष ध्यानदिनु उचित हुन्छ । Content अर्थात् विषयवस्तुको बहुआयामिक अध्ययन हुनु जरुरी छ । विषयवस्तुको अध्ययनबाट प्राप्त ज्ञानलाई मौजुदा समसामयिक परिवेश Context मा समायोजन र सम्बोधन हुने गरी सहज र सरल भाषामा सटिक उत्तर Communicate गर्नु बुद्धिमानी ठहर्छ ।
परम्परागत प्रश्नको सोझो उत्तरभन्दा पनि Innovative खालको तर्कपूर्ण मौलिक उत्तरहरू अधिक अंक प्राप्त गर्न लायक हुन्छन् । परीक्षाको तयारीका क्रममा विभिन्न उपायहरू अपनाएर घनिभूत अध्ययन गर्नुका साथै परीक्षाका क्लुुहरूको जानकारी राख्नु बुद्धिमानी ठहर्छ ।
परीक्षाको तयारीका लागि स्रोत सामग्रीका रूपमा पाठ्यक्रम, विषयगत पाठ्यपुस्तकहरू, विशिष्टीकरण तालिका Specification Grid) लाई विशेष आधार मान्न बिर्सनु हुन्न । विशिष्टिकरण तालिकामा प्रत्येक विषयको एकाई, पाठ्यक्रमको क्षेत्र, विषयगत प्रश्न संख्या, पूर्णांक तथा प्रत्येक प्रश्नको अंकभारको विस्तृत विवरण उल्लेख भएको हुन्छ ।
पाठ्यक्रम, विशिष्टिकरण तालिका, नमूना प्रश्नपत्रलगायतका उपयोगी अन्य सूचनाहरूको जानकारी शिक्षक सेवा आयोगको वेबसाइट www.tsc.gov.np बाट प्राप्त गर्न सकिन्छ । आयोगले निकट भविष्यमा लिइने स्थायी शिक्षकको परीक्षाको तयारी तथा सोधिने बहुवैकल्पिक प्रश्नहरूको उत्तर कसरी दिने भन्नेबारेमा केही टिप्सहरू यहाँ प्रस्तुत गरिएको छ ।
बहुवैकल्पिक प्रश्नका उत्तर पनि आफ्नै अगाडि हुने भएकाले सही उत्तरमा चिन्ह लगाउँदा हतपत नगरी धैर्यतापूर्वक निस्कर्षमा पुग्नु पर्दछ ।
प्रश्नपत्रको सुझाव (Instruction) र प्रश्नलाई राम्रोसँग पढ्नुपर्छ ।
आयोगको परीक्षा प्रतिस्पर्धात्मक हुने भएकाले साथीलाई उत्तर भन्ने वा देखाउने काम आत्मघाती हुन सक्छ ।
समयको व्यवस्थापनका लागि धैर्यतापूर्वक प्रश्नको संख्या, दिएको अंकभार तथा तोकिएको समयलाई विभाजन गर्नुपर्दछ ।
पाठ्यक्रममा तोकेका विषय वस्तुहरूको विस्तृत अध्ययन गर्न यथासम्भव धेरै स्रोत सामग्रीहरू जुटाउने प्रयास गर्नु पर्दछ ।
प्रिन्टेड सामग्री नपाए पनि अहिले प्रायशः सबै संघसंस्थाले आआफ्नो धभदकष्तभ मा सूचना प्रवाह गरेका हुन्छन् । तसर्थ, आवश्यक सामग्री ष्लतभचलभत मार्फत् धभदकष्तभ मा खोज्नुपछ । यसबाट पछिल्लो ताजा सूचनाहरूको जानकारी एकै स्थानमा बसेर लिन सकिन्छ ।
नियमित रूपमा विस्तृत र गहन अध्ययन गर्ने,
आधारभूत कुराहरू थाहा पाउने गरी सम्बन्धित विषयको परिभाषा र यसको अर्थ समेतको गहन अध्ययन गर्ने,
परिभाषामा प्रयोग भएका शब्दहरूको बारेमा पनि विस्तृत जानकारी राख्ने,
विगतमा सोधिएका प्रश्नहरू तथा नमूना प्रश्नहरूको पर्याप्त अध्ययन तथा हलगर्ने ,
प्रश्नपत्रमा लेख्नुपर्ने रोल नं, नामलगायतका माग भएका आवश्यक विवरण प्रश्नको उत्तर लेख्नु अगाडि नै भर्ने, सम्भव भएमा घन्टी बझ्नुभन्दा अगाडि गर्ने,
कुनै शब्द वा Terminology को बारेमा यकिन नभएमा शब्दकोश वा अन्य सम्बन्धित स्रोत सामग्री अध्ययन गर्ने,
विषयअनुसारको मुख्य अवधारणा -Concept) लाई महत्व दिएर पढ्ने,
सामान्य सम्झनेभन्दा पनि विस्तृत जानकारी राख्ने गरी अध्ययन गर्नाले दिगो सिकाइ हुन्छ ।
आफूभन्दा राम्रो तयारी गरेको साथीसँग छलफल गरेर पढ्नाले कतिपय कुराहरू स्पष्ट र स्थायी हुन्छन ।
परीक्षालाई सहज सामनागर्ने मानसिकताका साथ शारीरिक, मानसिक, खानपान, आहार र विहारमा सन्तुलित र सहज हुनुपर्दछ ।
डर, त्रास तथा अनिदो बस्ने तनाव लिनेलगायत नकारात्मक प्रवृतिबाट टाढै रहनु पर्दछ ।
कुन विषय र क्षेत्रमा आफ्नो राम्रो दख्खल र कुनमा कमजोर छु भन्ने जानकारीका आधारमा अध्ययनको समय र सामग्रीको चयन गरिनु बुद्धिमानी ठहर्छ ।
परीक्षाहलमा समयमा नै प्रवेश गर्ने तथा लुगा आदि ड्रेसअप पनि सहज र साधारण comfortable हुनुपर्दछ ।
बहुवैकल्पिक प्रश्नहरूको उत्तरमा चिन्ह लगाउँदा निर्देशनअनुसार एकै किसिमका लगाउने, (रेजा वा गोलो घेरा)
सम्भावित आफूलाई दोधार लागेको उत्तरमा हतार गरेर एकैपटक स्थायी चिन्ह नलगाउने, सानो संकेत राखेर अरू सही उत्तरको बारेमा सोचेर एकिन गर्ने,
माथिका सबै भन्ने उत्तरहरू प्रायशः सही हुन सक्छन् ।
माथिका कुनै पनि होइन् भन्ने उत्तरहरू प्रायशः गलत हुन सक्छन् ।
दोहोरो नकारात्मक प्रश्नहरूले झुक्याउने भएकाले सचेत हुने,
लामो प्रकृतिका उत्तरहरू प्राय सही हुन्छन् ।
समयको व्यवस्थापन राम्रोसँग गर्ने, यदि कुनै प्रश्नको उत्तर १ मिनेटमा दिन नसक्ने भए छाडेर पछि हल गर्ने,
प्रश्नहरू हल गरिसकेपछि थोरै समय पुनरावलोकनका लागि पनि छट्ट्याउन बिर्सनु हुँदैन ।
कतिपय प्रश्नका उत्तरहरू त्यही प्रश्नपत्रको अन्य प्रश्न वा उत्तरहरूसँग पनि मिलेको हुन सक्छन् चनाखो हुने,
यदि आफूलाई उत्तर यकिन भएन र गलत उत्तरमा चिन्ह लगाएवापत् Penaltyको प्रावधान नभएमा अन्दाजको भरमा पनि चिन्ह लगाउने र कुनै पनि प्रश्न नछोड्ने,
एकपटक चिन्ह लगाई सकेपछि त्यही प्रश्नको उत्तरमा फेरि केरमेट गरेर अर्को चिन्ह लगाउनुको कुनै अर्थ छैन् ।
परीक्षा सकेर बाहिर निस्केपछि भएका कमजोरीहरूलाई भविष्यमा अन्य परीक्षाको तयारीका लागि काम लाग्ने हेतु समीक्षा गर्नु बुद्धिमानी ठहर्छ ।
प्रतिक्रिया