देशमा अहिले कम्युनिस्टको सरकार छ । यो सरकारले अहिले पनि देश र जनताको पक्षमा काम गर्न सकेन भने अब जीवनमा यिनीहरूबाट आशा नगरे पनि हुन्छ । कम्युनिस्ट पार्टीका लागि यो ठूलो अवसर पनि हो । यो अवसरलाई सदुपयोग गर्न सक्नुपर्छ । यो नै आजको आवश्यकता हो । कम्युनिस्टहरू इमानदार बन्न सक्नुपर्छ । चुनावमा बोलेका कुरा अब व्यवहारमा लागू गर्नुपर्छ । कुराले मात्र हुँदैन, काम गरेर देखाउनु पर्छ । अब काम गरेर देखाउने वेला आएको छ ।
जनताले त्यो प्रतीक्षा गरेर बसेका छन् । सरकारले आर्थिक समृद्धिलाई प्रमुख एजेन्डा बनाएको छ । हाम्रो जस्तो गाउँ नै गाउँले भरिएको मुलुकमा जबसम्म गाउँको विकास हँुदैन, तबसम्म आर्थिक समृद्धि सम्भव छैन । त्यसैले गर्दा पनि सरकारले गाउँको विकासमा विशेष जोड दिनुपर्छ । बाटो गाउँसम्म पुग्नु मात्र गाउँको विकास होइन । विकासका धेरै योजना र कार्यक्रम हुन्छन् । युवाहरूलाई स्वरोजगार बनाउने कार्यक्रम ग्रामीण भेगमा पुग्नुपर्छ । आफ्नो गाउँ आफँै बनाऊँ, कम्युनिस्टको नेतृत्वमा बनेको पहिलो नौ महिने सरकारमा यो कार्यक्रम लागू भएको थियो । यो कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्छ ।
जनताले खोजेको विकास भनेको गाउँको हो । गाउँको विकास भएपछि बल्ल देशको विकास हुन्छ, भन्ने कुरा हामी सबैले बुझ्नुपर्छ । सरकारले कुरा नबुझेर देशपछाडि परेको हो । अब कुरा बुझ्नुपर्छ । प्रधानमन्त्री केपी ओलीले देश विकासका लागि बढीभन्दा बढी प्राविधिक शिक्षामा जोड दिनुपर्ने र दक्ष शिक्षित जनशक्ति उत्पादन गर्ने कुरा बताउँदै आउनुभएको छ, यो भने राम्रो कुरा हो ।
तर, व्यवहारमा के कति लागू हँुदै जान्छ, त्यो नै प्रमुख कुरा हो । यसको सिधा कुरा के हो ? भने युवाले स्वदेशमा आत्मनिर्भर हुने खालको काम पाउनुपर्छ । देशभित्र भरपर्दो रोजगारी सिर्जना राज्यले गर्नुपर्छ । त्यसका लागि राज्यले प्राविधिक शिक्षामा बढी जोड दिनुपर्छ । देशमा युवा जनशक्तिले काम पाए भने मात्र देशको विकास गर्न सकिन्छ । देशको विकास र समृद्धि गर्ने भनेको युवा जनशक्तिले हो । युवाविना देश विकासको कल्पना नगरे पनि हुन्छ । हाम्रो देशका युवा जनशक्ति सबै विदेश पलायन छन् । यो दुःखलाग्दो कुरा हो कि होइन् ? यति हुँदाहँुदै पनि सरकारले केही गर्न खोज्दैन ।
अब भने केही गर्नुपर्ने वेला आइसकेको छ । रोजगारी सिर्जनालाई दीर्घकालीन सोचकासाथ अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ । युवाहरूलाई रोजगारी सिर्जना गर्नु राज्यको कर्तव्य हो । सरकार यो कुरामा अघि बढ्नुपर्छ । सरकारले आर्थिक विकासलाई विशेष जोड दिँदै अघि बढ्नुपर्छ । सरकारले इमानदारीका साथ देश विकासलाई अघि बढाउने काम गर्नुपर्छ । हाम्रो देशमा दक्ष जनशक्ति पनि उत्पादन नभएका होइनन्, ती सबै विदेश गइदिन्छन् र गइरहेका पनि छन् । अब दक्ष जनशक्तिलाई रोक्ने र स्वदेशमा कसरी रोजगार दिने, यो कुरामा सरकार गम्भीर बन्नुपर्छ । दक्ष जनशक्तिलाई राज्यले भरपुर उपयोग गर्ने र देशलाई आर्थिक रूपमा दीर्घकालीन सोचकासाथ अघि बढाउने काम गर्नुपर्छ । त्यसो भयो भने मात्र देशको प्रगति उन्नति गर्न सकिन्छ ।
देशको विकासका लागि हचुवाको भरमा बोलेर मात्र हुँदैन । काम गरेर व्यवहारमा देखाउनुपर्छ । संसारमा जुनजुन देश विकासको गतिमा अघि बढेका छन्, ती सबै गफ गरेर होइन, काम गरेर अघि बढेका हुन् । कामलाई सानो ठूलो नभनी काम गर्ने बानी बसाल्ने काम गर्नुपर्छ । विकसित देशहरूमा कामलाई ठूलो सानो भन्दैनन् । त्यसैले गर्दा पनि ती देश सम्पन्न भएका हुन् । हाम्रो देशमा सानोतिनो काम गर्न लजाउने बानी अधिकांश युवाहरूको छ, त्यसैले गर्दा पनि युवाहरू बेरोजगार भएका हुन् । बेरोजगारी समस्या बढ्नुको मूल कारण यो पनि हो ।
राज्यले कामलाई सम्मान दिनुपर्छ । त्यसो भयो भने सानोतिनो काम गर्न पनि युवाहरू आकषर््िात हुन्थे । त्यसो हुन अझैसम्म सकिरहेको छैन । अब जतिसक्दो बढी विद्यार्थीलाई रोजगारी योग्य शिक्षा दिनुप¥यो । यो सरकारको काम हो । ‘कस्तो जनशक्ति बढी मात्रमा उत्पादन गर्ने भन्ने कुरा ।’ देशमा कम्युनिस्टको दुईतिहाइ हाराहारीको सरकार छ । अब यो सरकारले देश र जनताको उन्नति प्रगति हुने खालका काम गरेर देखाउनुपर्छ । विदेशको आश मात्र गरेर देशको विकास गर्न सकिँदैन । देशको विकास गर्न हामी आफैँ अघि सर्नुपर्छ ।
हामीले देश विकासका लागि दुःख पनि भोग्न तयार हुनुपर्छ ।
नेपाली जनता देश विकासमा एकजुट भएर लाग्नुपर्ने आवश्यकता देखिएको छ । सबैले पार्टीगत स्वार्थ त्यागेर देश विकासमा लाग्ने हो भने यो देश बन्न सक्छ । यसको लागि सम्पूर्ण वातावरण सरकारले निर्माण गर्नुपर्छ । सरकारसँग ईच्छा शक्ति हुनुप¥यो । सबै काम हुन्छ । सरकारको गति, त्यति राम्रो छैन । जुन गतिले सरकार अघि बढ्नुपर्ने हो, बढ्न सकिरहेको छैन । यो चिन्तालाग्दो कुरा हो । जनताले यो सरकारसँग धेरै कुराको अपेक्षा गरेका छन् । सरकारले जनताका अपेक्षा के कसरी पूरा गर्दै जान्छ ? त्यो भने हेर्न बाँकी नै छ ।
०४६ सालको परिवर्तनपछि यहाँसम्म आइपुग्दा जनताले सुख पाउन सकिरहेका छैनन् । देशमा बेरोजगारी समस्याले भएका धेरैजसो युवा जनशक्ति विदेशमा नै छन् । गाउँ युवाविहीन छ । जसले गर्दा खेतबारी बाँझा छन् । यो समस्या हो कि होइन ? सरकारले कृषि क्षेत्रलाई धेरै ठूलो लगानी गर्न खोजिरहेको छ । तर, काम गर्ने युवा नै छैनन् । अब युवाहरूले पनि सोच्नुपर्छ ।
अहिले हाम्रो देश विकास, समृद्धि र सुशासनको मार्ग चित्र कोरेर अघि बढ्ने प्रक्रियामा छ । यसका लागि देशमा युवाहरूको खाँचो र ठूलो भूमिका रहेको हुन्छ । युवाहरू देश बनाउनका लागि गम्भीर र चिन्तित हुनुपर्छ । देशका युवाहरू विदेश पलायन भएका छन् । यो देशका लागि दुर्भाग्य हो । मुलुकको आर्थिक विकासका लागि युवाहरू नै प्रमुख आधार हुन् । अब राज्यले युवा आकर्षण बढाउने खालका विकास र समृद्धिका आधारहरू दिनुपर्छ । युवाहरूले अवसर पाउने हो भने धेरै प्रगति र उन्नति गर्न सक्छन् । देशमा कुनै अवसर नै छैन । अवसर नै नभएपछि युवाहरू विदेश पलायन हुनु स्वभाविक नै हो । यसलाई अनुचित मान्नु हँुदैन । अब सोच्नुपर्ने वेला भने भएको छ ।
मुलुकको आर्थिक विकास र प्रगतिका लागि कृषि, पर्यटन र जलस्रोत नै विकासका प्रमुख आधार हुन् । अब राज्यले यी क्षेत्रहरूमा लगानी गर्नुपर्छ । देश विकासक लागि युवाहरूले बलिदान दिन तयार छन् । तर, युवा जनशक्तिको भावनालाई राज्यले समेट्नुपर्छ । त्यसो भयो भने मात्र काम गर्न सजिलो हुनेछ । युवाहरू नै विकासका आधारशील खम्बा हुन् । विकासका लागि युवा जनशक्तिहरूलाई परिचालन गर्ने काम राज्यले गर्नुपर्छ ।
देश बनाउने कुरामा युवाहरूको ठूलो भूमिका छ । देशमा यति धेरै परिवर्तन भए । त्यसमा युवाहरूकै ठूलो भूमिका छ । युवाहरू सडकमा नआएका भए परिवर्तन सम्भव थिएन र छैन पनि । यति धेरै परिपवर्तन गरेर मुलुक यहाँसम्म आयो । तर, युवाहरू कामको खोजीमा भने विदेश जानुपर्ने यो कस्तो विडम्बना हो । व्यवस्था परिवर्तन गर्न युवा विद्यार्थी सडकमा आउनुपर्ने सरकारमा बुढा नेता जानुपर्ने कसरी देशको प्रगति हुन्छ । अब देशको विकास र समृद्धिका लागि युवाहरूले भूमिका खेल्नुपर्छ । यो आजको आवश्यकता र युवाहरूको दायित्व हो ।
प्रतिक्रिया