युवराज वस्ताकोटी
चौधौं शताव्दि अगाडि जब यूरोपमा सोसियल डाइमन्सनहरु खलबलिए । संस्कार, संस्कृति र परम्परा मर्दै गयो तब तत्कालिन दार्शनिकहरुले सांस्कृतिक पुनर्जागरण (च्भलबष्ककबलअभ) को आवश्यकता महसुस गरे । केही विद्वानहरुले सामाजिक सांस्कृतिक पुनर्जागरणका साथ साथ आधुनिक युगको परिचय कर्मद्वारा दिन थाले । यो अवधि झण्डै ३ सय वर्ष कायम रहयो । विश्व राजनीतिको गहिरो अध्ययन गरेका विद्धानहरुले थप प्रकाश पार्दै जानु होला नै । त्यति बेला नै हो यूरोप महादिप भरी साहित्यको विकास साथै औधोगिक क्रान्तिको विगूल पूmकिएको पनि । यद्दपी त्यसको चिरफर धेरै पछि सन् १८४८ मा कार्ल माक्र्सले कम्युनिष्ट मेनोफेष्टो मार्फत गरे ।
जनतालाई रैतिबाट प्रजामा लैजाने र फेरि प्रजाबाट नागरिकमा परिणत गराई, आत्म स्वाभिमान र सामाजिक समानताको विकासका लागि निरंकुश जहाँनिया राणा शासनको अन्त्य, निरंकुश निर्दलिय तानाशाही पञ्चायति व्यवस्थाको अन्त्य र बहुदलिय प्रजातन्त्रको स्थापना, देशमा विद्दमान माओवादी द्वव्द्वले ल्याएको हत्या हिंशाको राजनीतिको शान्तिपूर्ण समाधान र सक्रृय राजतन्त्रको अन्त्य गरी संविधान सभा मार्फत संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना र नयाँ संविधान लेखन कार्य, सो संविधान कार्यान्वयनका लागि स्थानिय, प्रदेश तथा संघिय संसदको निर्वाचन गरेर सत्ता हस्तान्तरण गरेको ठूलो र पूरानो प्रजातन्त्रिक दल नेपाली काँग्रेस वि.संं. २०७४ सालमा आइपुग्दा मरिच जस्तो चाउरिएको छ । यद्दपी केही व्यक्तिहरु फर्सि जस्तो कुहिएका पनि छन् तर सो दल मरिच जस्तो पीरो नै बन्नु पर्नेछ, जुन सही मात्रामा प्रयोग गर्दा मात्र औषधिका रुपमा काम लाग्ने छ ।
कम्युनिष्ट नामका दुई ठूला दलहरुको एकतालाई वाह्य शक्तीको खेल मान्ने मानिसहरुको अभाव हामीसंग छैन । त्यसैका लागि केही मानिसहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीको व्यवस्था सहितको संविधान संशोधन गर्ने र आफ्नो इच्छा बमोजिम राष्ट्र सञ्चालन गर्ने उच्च महत्वाकांक्षालाई सफल तुल्याउन प्रचण्डद्वारा खेलिएको राजनीतिक जुवा मान्नेहरु पनि भेटिएकै छन् । खैर, जे होस्, एकता भएको छ । संविधान त सर्व शक्तिशालि सरकार बनेको छ । कर्म अनुसारको फल सरकारले प्राप्त गर्ने नै छ ।
प्रजातन्त्रमा देशमा प्रत्येक नागरिकको आ–आफ्ना अधिकारहरु सुरक्षित रहनु् पर्छ । खाई पाई आएको सुविधाको निरन्तरता र पछाडि पारिएका, मिचिएका, थिचिएका जनताका आधारभूत अधिकारहरु प्रयोग गर्न पाउने वातावरण बनाई दिनु पर्छ राज्यले । यति कुरा दुई तिहाई सांसदको मतबाट बनेको सरकारले नबुझेको होला र ? उसले यो पनि बुझेको हुनुपर्छ ४५% उसलाई मत नदिएका जनता हुन् । के त्यसो भए, ४५% जनताको यो देशमा कुनै अधिकार रहने छैन त ?
कतिपय मानिसहरु आतंकित भएका पनि छन् । सरकारका कतिपय मन्त्रीहरु कुहिएको टमाटार र लेऊ लागेको खानेपानीको ट्यांकी हेर्दै हिंडेका छन् । टेलिफोनको लाइन काट्न रेञ्ची बोकेर मन्त्री नै हिड्नु पर्ने अवस्था कसरी आयो ? हिजो सम्म त्यही मिठाई पसल, त्यही चिया पसल, त्यही तरकारी बजारमा, मिठाई खाने, चिया पिउने, तरकारी किनेर झुण्डाउदै घर जाने तिनै नेता , मन्त्री बने पछि दलबल सहित अनुगमनमा जानु पर्ने दिन कसरी आयो ? मन्त्री र तरकारी बजारका बिचमा सर्वसाधारण, मुखिया, खरदार, सुब्बा, अधिकृत, सचिव छन् कि छैनन् ?
देशको समस्या कहाँ छ ? अध्ययन अनुसन्धानको विषय हो कि होइन त ? प्रोपगाण्डाको राजनीतिले शासकहरु जनमैत्री बन्न सक्दैनन् एकातिर भने अर्को तर्फ जनताको ठूलो हिस्सा आफूले मत दिएर सत्तामा पु¥याएका नेताका चर्तिकला हेरेर दिक्क बन्नेछन् । उनीहरुको मन फाट्ने छ ।
पहिले कै प्रसंगलाई जोडौं । कम्युनिष्ट नाम गरेको सरकार छ । इतिहासको जननी पार्टी– नेपाली काँग्रेस चाउरिएर सुकेको मरिच बनेको छ ।
आठ सय भन्दा धेरै माननिय सांसद छन् । १३५ मन्त्री छन् । ७५३ स्थानिय सरकारका प्रमुख वा “राजा” छन् । राज्य कोषको ७० प्रतिशत रकम प्रशासनिक तथा साधारण खर्चमा सकिन्छ । ३०% रकम पूँजीगत अथवा विकास खर्च छ । झण्डै ६०÷६२ % रकम मात्र आन्तरिक राजश्वबाट संकलन हुन सक्ने भनिएको छ । बाँकी रकमको जोहो बैदेशिक ऋण, अनुदान तथा आन्तरिक ऋणलाई मानिएको छ । नागरिकहरुलाई आकाशको तारा झारि दिने , युगल प्रेमीको वाचा जस्तो गरिएको छ । उत्पादनमुखि भन्दा निर्वाह तथा राजश्वमुखि अर्थतन्त्रका भरमा देशमा रेल, पानीजहाज, राजमार्ग नै राजमार्ग तथा घर घरमा ग्याँस जोड्ने भाषण गरिएको छ । कम्युनिष्ट स्कुलिङको प्रमुख मन्त्र हो –“झुट होस् वा असम्भव हजार पटक भन, त्यो सत्य नै मानिनेछ ।” समाज दिग्भ्रमित भयो वा माथिका वाचा पुरा होलान् ! ती त आगामी दिनले बताउनेछन् ।
छिमेकी भारतलाई सतारोसराप गरेर सत्तामा पुगेका “राष्ट्रवादी” नेता सम्माननिय प्रधानमन्त्री के.पी.वली ज्यूले भारतले लामो समय देखि प्रतिक्षा गरेको र चाहेको अरुण तेश्रो जल विद्युत आयोजनाको उद्घाटन गराई दिएर आफ्नो सफ्ट कर्नर प्रस्तुत गरि सकेका छन् भने चिनसंग केही सम्झौता गर्ने तयारी गरि रहेकै छन् । छेउ र टुप्पो नमिल्ने भनेर ब्याख्या गरिएका तत्कालिन नेकपा (एमाले) र क्षेत्रिय राजनीतिमा जन्मिएर हुर्किएको मधेशी फोरम (उपेन्द्र यादव) समेतको मिलनले उदारवादी प्रजातन्त्र प्रेमीहरु तर्सनु स्वभाविक पनि हुन सक्ला, त्यो हेर्न पनि समय कुर्नु त पर्छ नै ।
अब काँग्रेस !
रानी माहुरीको मृत्यु वा बहिरगमनले एक घार माहुरी आपस आपसमा टोकेर मासिने हुन् नयाँ घारको रुपमा विकास हुदैन । वास्तवमा नेपाली काँग्रेस पार्टी २०६४ देखि नै दिशाहिन बन्दै गएको हो । आफ्ना राजनीतिक आर्थिक एजेण्डालाई स्थापित गराउन त सकेन सकेन, तिनिहरु आफू साथ रहेको समेत आभास दिन सकेन । पार्टीको विधानमा समेत दक्षता, क्षमता, योग्यता, दृष्टिकोण, लगाव, बलिदान र बैचारिक प्रतिवद्धतालाई तिलाञ्जलि दिईया,े जुन तत्कालिन एमाले र माओवादीको विधानबाट प्रभावित विचार थियो । वडा, क्षेत्र, जिल्ला र केन्द्रमा कम्युनिष्ट स्टाइलकै समिति र प्रतिनिधिहरु बनाइए । पैसाको प्रभावमा पदहरु किनिए कति पयले पैसा लिएर पदहरु बेचे । आन्तरकि नेतृत्व छनोटको माप दण्ड गुणस्तरियता हुन सकेन बरु पैसा, लिए जात , नाता र चाकडिलाई मुख्य योग्यता मानियो अपवाद बाहेक । तिनै पदहरुलाई चुनावमा टिकट बाँडियो, जनताले स्विकारेनन् । चुनाव हा¥यो । केन्द्रीय कतिपय नेता समेत सुरासुन्दरी र पैसामा विकेर रेष्टुरेण्ट र होटलहरुमा राजनीतिक गफ चुटेर बसे तर विचार, दृष्टिकोण र कार्यक्रमबारे ध्यान पु¥याएन्न । श्री सरस्वती माताको भरपूर अपमान गरियो । श्री लक्ष्मीमाता प्रति आकर्षित भइयो पार्टी भित्र । असल कार्यकर्ता, नयाँ पुराना नेता र बलिदान भएका काँग्रेसजनहरु निरास बने । अधिवेशनहरुमा आफ्नै साथीहरुलाई कुट्ने, चुट्ने र लखेट्ने समेत गरियो ।
चुनाव लड्ने मानिसहरु नैतिक रुपले सफा हुनुपर्छ वा खराब आचरण छ भने लुकाईनु पर्छ , सुध्रिनु पर्छ । जनताको नजरमा कमजोरलाई पत्याउलान तर पतन भई सकेकालाई पत्याउदैनन् । भयो त्यस्तै, टिकट वितरण, प्रचार प्रसार , काँग्रेसको पार्टीको पद लिनु एउटा पक्ष हो जनताको मत लिनु अर्को कठिन कार्य । कम्युनिष्ट असल भएकाले जितेका होइनन्, काँग्रेस बिग्रिएकाले जितेका हुन् ।
अब के गर्ने ?
दुई तिहाई बहुमतको सरकार छ तथापी गैह् जिम्मेवार कार्य गर्ने अधिकार सरकारलाई छैन । बहुलवादमा आधारित प्रजातन्त्रलाई मेट्न सक्दैन । व्यक्तिगत सम्पति, पेशा, व्यवसाय माथि धावा बोल्न संविधानतः सक्दैन तर प्रतिपक्ष कमजोर भयो भने सत्ता पक्षमा मात चढेर गैह् संवैधानिक कार्य गर्न सक्छ । त्यस्ता कार्यको सदन र सडकबाट प्रतिरोध गर्नु जरुरी छ । शिक्षा, स्वास्थ्य, शेयर बजार र विविध कम्पनिहरु माथि कम्युनिष्ट आँखा गडेको देखिन्छ । जनताका अधिकार सुरक्षित राख्ने काम काँग्रेसको हो । इतिहासको गौरवलाई जोगाउने कर्तव्य पनि उसैको हो । त्यसका लागि काँग्रेसले आफूलाई परिवर्तन गर्नु पर्छ । यथास्थितिमा यो सम्भव छैन । आम प्रजातन्त्र प्रेमी व्यतिm र संगठनलाई एक ढिक्का बनाउनु पर्छ । छिमेकी मूलुकका संस्थापन पक्षसंग स्तरिय सम्बन्ध कायम गरि कुनै पनि गैह् प्रजातान्त्रिक र गैह्् संवैधानिक कृयाकलापलाई समर्थन नगर्न अनुरोध गर्नुपर्छ । जसका लागि ससक्त र दृढ नैतिकवान नेतृत्व आवश्यक छ । यो पार्टी भित्र क्रमिक विकास ९भखयगितष्यल० को समय होइन यो त क्रान्तिकारी छलाङ ९च्भखयगितष्यल० को समय हो । नेतृत्वले चाहेन भने सचेत कृयाशिल सदस्यहरुको स्वःस्फूर्त प्रयासबाट यो हुनु आवश्यक छ । इतिहास परिवर्तनका बेला समय पर्खने, वा पत्ता गनेर बस्ने बेला होइन । काँग्रेसमा राजनीतिक पुनर्जागरण ९चभलबष्ककबलअभ० को आवश्यकता अब प¥यो ।
– लेखक प्रजातन्त्रवादी बुद्धिजिवी हुन् ।
प्रतिक्रिया