११२ वर्षको अपटन पार्कमा इपिएलको अन्तिम खेल

westham won againts unitedलन्डन, २९ वैशाख । इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आगामी सिजनको च्याम्पियन्स लिग छनोट हुनका लागि महत्वपूर्ण मानिएको खेलमा युनाइटेड वेस्ट ह्यामसँग ३–२ ले स्तब्ध भयो । १ सय १२ वर्षको इतिहास बोकेको अपटन पार्कमा वेस्ट ह्यामले अन्तिम खेलमा जित हात पा¥यो । सन् १९०४ देखि अपटन पार्कलाई घरेलु मैदानको रूपमा खेल्दै आएको वेस्टह्यामले अबदेखि ओलम्पिक स्टेडियममा खेल्नेछ ।

हारसँगै युनाइटेडको अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कमजोर भएको छ । च्याम्पियन लिगको छनोटका लागि कुनै पनि टोलीले चौथो स्थानभित्र पर्नुपर्छ । च्याम्पियन लिगमा छनोट हुन युनाइटेडले वेस्ट ह्यामलाई हराउँदै बर्नमाउसँगको लिगको अन्तिम खेल पनि जित्नुपर्ने थियो । तर, युनाइटेडले हार बेहो¥यो । पहिलो हाफको सुरुआती समयमा नै युनाइटेड पछि प¥यो । डायफ्रा साकोले १०औँ मिनेटमा गोल गर्दै वेस्टह्यामलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफमा थप गोल हुन सकेन ।

पहिलो हाफमा १–० ले पछि परेको युनाइटेडले दोस्रो हाफको केही समयमा नै गोल ग¥यो । यसका लागि एन्थोनी मार्सलले ५१औँ मिनेटमा गोल गरे । पुनः खेलको ७२औँ मिनेटमा गोल गर्दै मार्सलले २–१ को अग्रता दिलाए । तर, त्यो अग्रता लामोसमय टिक्न सकेन । वेस्ट ह्यामका लागि मिकेल एन्टोनियोले ७६औँ मिनेटमा गोल गर्दै बराबरीमा पु¥याए ।

त्यसको ४ मिनेटमा नै वेस्ट ह्यामले अग्रता लियो । विनस्टन रिडले ८०औँ मिनेटमा गोल गर्दै ३–२ को दिलाए । बाँकी समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि युनाइटेडलाई स्तब्ध पार्दै वेस्ट ह्यामले खेल जित्यो । जितपछि छैठौँ स्थानमा उक्लिएको वेस्टह्याम पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १ अंकले मात्र पछि छ । हारपछि पनि म्यानचेस्टर युनाइटेडले चौथो स्थानमा रहेर लिग समाप्त पार्ने सम्भावना भने कायमै छ । तर, त्यसका लागि अहिले चौथो स्थानमा रहेको म्यानचेस्टर सिटी अन्तिम खेलमा हार्नुपर्नेछ भने म्यानचेस्टर युनाइटेड विजयी हुनुपर्नेछ । चौथो स्थानको सिटीको ६५ अंक छ भने म्यानचेस्टर युनाइटेडको ६३ तथा वेस्टह्यामको ६२ अंक छ ।

युनाइटेडमाथि आक्रमण

westham fans attack to united playerम्यानचेस्टर युनाइटेडका खेलाडीको गाडीमा वेस्ट ह्यामका समर्थकले आक्रमण गरेका छन् । युनाइटेडका खेलाडीको बसमा वेस्ट ह्यामका समर्थकले बोतल तथा रंगशालको कुर्सीले आक्रमण गरेका थिए । उक्त आक्रमणबाट युनाइटेडका खेलाडी चढेको गाडीको सिसा फुटेको थियो । समर्थकले युनाइटेडका गोलरक्षक डेविड डी हेयालाई लक्षित गरेर पनि आक्रमण गरेका थिए ।

उक्त घटनापछि फुटबल एसोसिएसनले आक्रमणको निन्दा गर्दै त्यसविषयमा छानबिन गरिने जनाएको छ । युनाइटेडका कप्तान वायने रुनीले आक्रमण निकै दुःखलाग्दो भएको बताए । साथै रुनीले वेस्ट ह्याम पनि लज्जित भएको हुनुपर्ने प्रतिक्रिया दिए । युनाइटेडका प्रशिक्षक लुइस भान गालले आक्रमणले गर्दा खेलाडीमा नराम्रो असर परेको र त्यसले खेललाई पनि प्रभावित गरेको प्रतिक्रिया दिए ।

वेस्ट ह्यामकी भाइस चेयरम्यान कैरेन ब्राडीले उक्त घटनाले क्लब लज्जित भएको बताउँदै आफ्नो क्लब परिवारिक तवरले बसेको जनाइन् । घटनापछि वेस्ट ह्यामको समर्थकमाथि आजीवन प्रतिबन्ध हुन सक्नेछ । त्यसो भएमा वेस्टह्यामले आफ्नो समर्थकविना नै आजीवन खेल्नुपर्नेछ ।

प्रतिक्रिया