भारत र पाकिस्तानको युद्धविरामबारे ट्रम्पको प्रशंसा गरेपछि भारतीय राज्यसभा सांसद सिब्बलले उठाए प्रश्न

भारतीय राज्यसभा सांसद कपिल सिब्बल

काठमाडौं । भारतीय राज्यसभा सांसद कपिल सिब्बलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल पोस्टमा भारत र पाकिस्तानले युद्धविराम कायम राखेकोमा प्रशंसा गरेपछि प्रश्न उठाएका छन् ।

उनले भने, ‘यो ट्वीटले ठूला प्रश्नहरू उठाउँछ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री रुबियोले भने कि पछिल्लो ४८ घण्टामा वार्ता जारी रह्यो, अमेरिकी उपराष्ट्रपति भान्सले पनि त्यही कुरा दोहोर्‍याएका छन्, तर के भयो र कसरी भयो भन्नेबारे हामीलाई कुनै जानकारी छैन ।’

‘हामी आज कुनै पनि कुराको आलोचना गर्दैनौँ, हामी केवल यो भन्नेछौँ कि तपाइँले विशेष अधिवेशन बोलाउनुहोस्, विशेष सर्वदलीय बैठक बोलाउनुहोस् र म राजनीतिक दलहरूलाई भन्न चाहन्छु कि जबसम्म सरकारले प्रधानमन्त्रीले त्यो सर्वदलीय बैठकमा भाग लिने छैनन् भन्ने आश्वासन दिँदैन, तपाईंहरूले त्यो बैठकमा भाग लिनु हुँदैन ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार युद्धविराम कायम राखेकोमा भारत र पाकिस्तानको प्रशंसा गरे । आइतबार, ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक पोस्टमा भने, ‘म भारत र पाकिस्तान दुवैको बलियो र दृढ नेतृत्वमा धेरै गर्व गर्छु ।’ यसका साथै ट्रम्पले यो पनि भने, मलाई गर्व छ कि अमेरिकाले तपाइँलाई यो ऐतिहासिक निर्णयमा पुग्न मद्दत गर्न सक्षम भयो ।’

प्रतिक्रिया