काठमाडौं । पछिल्लो समय उत्पन्न भएको भारत र पाकिस्तानबीचको द्वन्द्व शनिबार देई देशबीच भएको युद्धविरामपछि जम्मू–कश्मीर सामान्य अवस्थामा फर्किएको छ ।
शनिबार भएको दुवै देशबीच सहमतिपछि आइतबार बिहान जम्मूमा अवस्था सामान्य देखिएको हो । जम्मूमा मानिसहरू घरबाट बाहिर निस्किएका छन् भने केही पसलहरू खुलेका छन् । त्यसैगरी सडकहरूमा मानीसहरुको आवतजावत पनि सुरु भएको छ ।
शनिबार राति भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएपछि पनि जम्मूका स्थानीय बासिन्दाहरूले आफ्नो घर वरिपरि ड्रोनहरू देखेका थिए । जम्मूको सीमावर्ती क्षेत्रका धेरै स्थानीय बासिन्दाहरूले आफ्नो क्षेत्रमा ड्रोन उडिरहेको देखेका थिए ।
पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमा नजिकै रहेका गाउँहरूबाट फोन गर्ने मानिसहरूले युद्धविराम भएको केही समय पछि पनि उनीहरूको घर वरिपरि हल्का गोलीबारी भएको आवाज सुनिएको बताए ।
राजौरीका केही बासिन्दाहरूले पनि नियन्त्रण रेखा नजिकै ड्रोन देखेको पुष्टि गरे । उनले ती ड्रोनहरू लामो समयसम्म आकाशमा उडिरहेको बताए । यद्यपि ती गतिविधिहरू केही घण्टापछि बन्द भएको उनले बताए ।
भारत सरकारले राति अबेर पत्रकार सम्मेलन आयोजना गरेको थियो जसमा सरकारले पाकिस्तानबाट ड्रोन र हल्का गोलीबारीका केही घटना भएको बताएको थियो । यद्यपि, यसपछि स्थिति शान्त भयो ।
आइतबार बिहान उनीहरूले आफूहरुलाई सम्पूर्ण रात शान्तिपूर्वक बिताएको बताए । सीमा नजिकै भएको गोलाबारीपछि अहिलेसम्म कुनै पनि प्रकारको ज्यान वा सम्पत्तिको क्षतिको समाचार छैन । हाल जम्मू र वरपरका क्षेत्रहरूको अवस्था सामान्य छ भने मानिसहरू आफ्नो दैनिक जीवनमा फर्किरहेका छन् ।
प्रतिक्रिया