नयाँ बजार कप राष्ट्रिय पुरुष भलिबल : पुलिस र आँधीखोला फाइनलमा

nayabazar volleyball ...police nad aadhikhola final maकाठमाडौं, २६ चैत । विभागीय टोली नेपाल पुलिस क्लब र आँधीखोला स्पोर्टस् क्लब तेस्रो नयाँ बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको शुक्रबार फाइनलमा पुगेका छन् । नयाँबजारस्थित सोसलग्राउन्डमा भएको पहिलो सेमीफाइनलमा खेलमा नेपाल आर्मी क्लबलाई हराउँदै पुलिसले फाइनलको यात्रा तय गरेको हो । दोस्रो सेमिफाइनलको खेलमा स्याङ्जाको आँधीखोला स्पोर्टस् क्लबले विभागीय टोली एपिएफलाई स्तब्ध पार्दै पुलिससँगको भेट पक्का ग¥यो । शुक्रबार भएको खेलमा पुलिसले आर्मीलाई ३–२ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २०–२५ ले गुमाएको पुलिसले दोस्रो र तेस्रो सेट समान २५–२३ र २५–२३ ले आफ्नो पक्षमा पा¥यो । पहिलो सेट जिते पनि २–१ ले पछि परेको आर्मीले खेलमा फर्कदै चौथो सेट २५–२० ले फर्काउँदै खेल २–२ को रोमाञ्चक मोडमा पु¥यायो । निर्णायक सेटमा भने पुलिसले बाजी मा¥यो । उसले आर्मीलाई १५–११ ले हराउँदै फाइनलको यात्रा तय ग¥यो । दोस्रो सेमिफाइनल खेलमा अधिकांश भारतीय खेलाडीले भरिएको आँधीखोलाले एपिएफलाई ३–० को सोझो सेटमा हरायो । मोफसल क्लब आँधीखोलाले एपिएफमाथि २५–२१, २५–१५ र २५–१८ को सहज जित निकालेको थियो ।  सेमिफाइनलमा पराजित नेपाल आर्मी क्लब र एपिएफले तेस्रो स्थानको लागि खेल्नेछन् ।

फाइनल र तेस्रो स्थानको खेल शनिबार दिउँसो हुने भएको छ । प्रतियोगिताको विजेताले १ लाख २५ हजार १ सय ११, दोस्रोले ७० हजार १ सय ११, तेस्रोले ४० हजार १ सय ११ ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । यस्तै चौथोले १५ हजार १ सय ११ नगदसहित प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको बेस्ट प्लेयरलाई ७ हजार तथा विधागत उत्कृष्ट ५ खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया