प्रहरी अब नयाँ पोसाकमा

ojha police copyपाँचथर २५ चैत । पाँचथरका प्रहरी अब नयाँ पोसक लगाएर सूरक्षामा खटिने भएका छन् । युद्धककालीन समयमा प्रयोग गरिएका जनपथ प्रहरीले लगाउदै आएको कम्ब्याड पोसाकलाई परीर्वतन गरी नयाँ रंगको पोसाकमा उनीहरू खटिने भएका हुन् । हाल प्रहरीलाई निलो चूस्ता अर्थात पोसाक ल्याइएको डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

पाँचथरमा २८ चैतबाट सबै प्रहरी यूनिटहरूमा यस्तो पोसाक प्रयोग हूने कोइरालाको भनाइ छ । नेपालभरी नयाँ वर्ष ०७३ बैसाखबाट सवै प्रहरीले यस्तो पोसाक प्रयोग गर्ने बताईएको छ । डिएसपी कोइरालाका अनुसार यूद्धकालीन अवस्थाका पोसाकले जनमानसमा नकरात्मक असर परेका हुनाले लगाइँदै आएको पोसाकलाई फेरिएको हो । प्रहरीहरू प्राय गाँउ गस्तीमा रहदा निलो पोसाकमा देखिने बताए ।

जिल्ला प्रहरी कार्यालयमा पत्रकार भेलाको आयोजना गरी निलो चूस्ता लगाएका प्रहरी प्रमुख, अधिकृत सबै दर्जा अनुसारका प्रहरीहरूले सामूहिक फोटो सेसन चलाएका छन् । प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार नेपाल प्रहरीमा अब नयाँ फिल्ड ड्रेसको शुरुवात भएको छ । पहिलाको टाटेपांग्रे निलो चस्ताको स्थानमा अहिलेको सादा चुस्ता प्रयोग हुने भएको हो ।

प्रतिक्रिया