दश परिणाम घोषित, मतगणनामा कांग्रेस ७२, एमाले ५३ स्थानमा अगाडि

काठमाडौं, । गत शुक्रबार सम्पन्न स्थानीय निकायको निर्वाचनको दश निकायको परिणाम पूर्णरुपमा घोषणा भएको छ । घोषित परिणाम अनुसार प्रमुख प्रतिपक्ष एमालेले ५, नेपाली कांग्रेसले ३ र एकीकृत समाजावादीले २ निकाय प्रमुखमा विजय हासिल गरेका छन् ।

सत्ता गठबन्धन घटक माओवादी केन्द्रले भने अहिलेसम्म कुनै निकायमा जीत हासिल गरेको छैन । मतगणनाको पछिल्लो रुझान अनुसार नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ ।

सो पार्टीको अहिलेसम्मको गणनामा नेपाली कांग्रेसले ९६ निकायमा अग्रता लिइरहेको छ । त्यसैगरी प्रमुख प्रतिपक्ष एमालेले ७२ स्थानमा, एकीकृत समाजवादीले ६, माओवादी केन्द्रले २७ र राप्रपाले ४ स्थानमा अग्रता लिएको छ ।

प्रतिक्रिया