उपेन्द्र यादवलाई दोष दिँदै बाबुरामले गरे पार्टी गठनको तयारी

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले आफूहरुको सामु पार्टी पुनःगठनको विकल्प नरहेको बताएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. भट्टराईले पार्टी नेताहलाई पार्टी पुनर्गठनका लागि अपिल गरेका छन् ।

उनले उपेन्द्र यादव पक्षले पार्टीलाई एकताब्द्ध बनाउन पहल नगरेर स्वेच्छाचारी ढंगबाट अवैधानिक अराजकनीतिक र अनतिक रुपमा आफूलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई पदमुक्त गरको घोषणाको घोर भर्त्सना गर्दै कारबाहीको निर्णयको खारेजी गरको आरोप लगाएका छन् ।

आफ्नो अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पार्टी रुपमान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको उनले दाबी गरेका छन् ।

प्रतिक्रिया