नेपाली भाषामा खेलैखेल

Purna copyमुलुकी ऐनमा प्रयोग भएको ‘सौता’ शब्दलाई हटाएर यसको सट्टामा ‘एक भन्दा बढी श्रीमति’ प्रयोग भएको समाचार सञ्चार माध्यममा आयो । विशेषत महिला, दलित, अपांग र खासखास जात जातिलाई जनाउने शब्दहरूले सम्बोधित समुदायको मानमर्दन गर्ने वा गरेको आधारमा खासखास शब्दहरू फेर्नेक्रम २०४६ सालको परिवर्तनपछि सुरु भएको छ । यसैक्रमको पछिल्लो उदाहरण हो मुलुकी ऐनको प्रसंग ।

अंग्रेजी भाषा अन्तर्राष्ट्रिय भाषा तथा नेपालमा पनि यसको प्रयोग दिन प्रतिदिन बढ्दै गएको कारण नेपाली भाषाको प्रसगमा अंग्रेजीको प्रसंग आउनु स्वाभाविक हो । नेपाली भाषामा यस्ता शब्द प्रशस्त छन् जसको अंग्रेजी समानान्तर शब्द पाउन मुस्किल छ । ‘सौता’ शब्द एक हो । कुनै पुरुषले एकभन्दा बढी श्रीमति विवाह गर्छ भने श्रीमतिहरू बीचका सम्बन्ध हो ‘सौता’ । त्यसैगरी कुनै महिलाले एकभन्दा बढि पुरुषसँग विवाह गर्छिन भने श्रीमानहरूबीचको सम्बन्धलाई ‘जार’ भनिन्छ । दुवै कुरा औसत नेपाली समाजमा स्विकार्य छैन । तर कतिपय जात जातिका परम्पराले दुवैलाई अपराध मान्दैन । यी शब्दहरूलाई प्रयोगबाट हटाउनु वित्तिकै नेपाली समाजमा व्यप्त मनोविज्ञान हट्न सत्तैmन, परिवर्तनको प्रयत्न गर्नुपर्छ त्यसप्रतिको दृष्टिकोण र व्यावहारको ।

श्रीमानको मृत्यु भएको महिलालाई जनाउने शब्द ‘विधुवा’ ले महिलालाई अपमान गरेको तर्कको आधारमा यसको सट्टा ‘एकल महिला’ प्रयोग हुन थालेको एक दशकभन्दा लामो समय भइसकेको छ । नयाँ शब्दले महिलाको सम्मान भन्दा अपमान गरेको बुभ्mन सकिन्छ यसको शब्द संयोजनबाट । ‘विधुवा’ शब्दले महिलाको श्रीमानको मृत्यु भइसकेका मात्रै जनाउछ तर ‘एकल महिला’ शब्दले उनको आप्mनो भन्ने कोही पनि नभएको अर्थ दिन्छ । यो सम्भव छैन किन भने श्रीमान नहुनुनेको बालबच्चा, दिदिबहीनी, आमाबाबु कोही पनि नहुनु । ‘विधुवा’ को सट्टा प्रयोगमा आएको ‘एकल’ को अंग्रेजी पर्यायवाची ‘सिङ्गल’ हो । जसको सिधा अर्थ अविवाहित भन्ने हुन्छ ।

०४६ सालको राजनीतिक परिवर्तपछि ‘अन्धा’ शब्दलाई ‘नेत्रहीन’ शब्दले विस्थापन गर्न खोजियो । केही वर्षपछि महसुस भयो नदेख्नु भनेको आँखै नहुनु हैन, बरु देख्ने शक्ति नहुनु चाहिँ हो । अब ‘नेत्रहीन’ लाई को साटो ‘दृष्टिविहीन’ प्रयोगमा आएको छ । ‘विधुवा’ शब्दकोे अंग्रेजी पर्यायवाची ‘विडो’ र ‘अन्धा’ को ‘ब्लाइन्ड’ फेर्नुपर्ने आवश्यकता देखिएको छैन । यस्ता प्रसस्त उदाहरण छन् । शब्द उही भए पनि सम्बोधित समुदाय र व्यक्तिप्रतिको धारणामा अंग्रेजी विश्वमा धेरै सकारात्मक परिवर्तन भएको छ । उनीहरूलाई समाजमा सम्मानजनक रूपमा बाँच्ने अवसर पाएका छन् । तर, नेपालमा भने जतिसुकै शब्द परिवर्तन गरे पनि उनीहरूप्रतिको आमदृष्टिकोण परिवर्तन हुन सकेको छैन ।

लेख्यमा झनै गोलमाल
नेपाली भाषाको लेख्या पद्धतिलाई लिएर पनि बेलाबखत विद्वानहरू बीच जूँगाको लडाइस्तरका विवाद हुने गरेका छन् । विवादका विषयहरू मोटो श, पेट चिरेको ष, पातलो स, ह्रवस्व, दीर्घ, चन्द्रविन्दु, शीरविन्दु, आधा अक्षर, हलन्त हुने गर्छन् । विस १९६० को दशकमा नेपालमा छपाई प्रविधिको विकाससँगै यो शुरु भएको हो हलन्त वहिस्कार आन्दोलनमार्पmत् । टंकन प्रविधिमा हलन्तले जटिलता सिर्जना गरेको हुनाले सबै ठाउँमा हलन्त लेख्नु नपर्ने नियम व्यावहारिक रूपमा लागू गरियो । यसले नेपाली लेखनलाई साँच्चै सरलीकृत गरेको थियो । स्थापित भइसकेको खासखास अवस्थामा मात्रै हलन्त प्रयोग गर्नुपर्छ भन्ने मानकलाई तीसको दशकमा झर्रा आन्दोलनले पूरानै ठाउँतिर फर्काउने जोड ग¥यो । झर्राेवादीहरूको प्रकासनहरूमा हरेक आधा अक्षरलाई हलन्त लगाएर लेख्दा हलन्त नै हलन्त देखिन्छ । ‘हलन्त’ शब्दलाई ‘हलन्त’ लेखेको पाइन्छ ।

०६७ सालमा ललितपुर घोषणाले नेपाली लेख्य पद्दतिलाई सरल र वैज्ञानिक बनाउने भनेपनि झन् जटिलतता ल्यायो । यसले ‘पूmल’ र ‘फुल’ बीचको जटिलतालाई सम्बोधन गरे पनि ‘विद्या’ लाई ‘विद्या’ बनाइदिएपछि नयाँखाले जटिलता जन्माइदियो । ‘फूल’ र ‘फुल’ लाई एउटै ‘फुल’ लेख्दा यसको अर्थ प्रसङ्ग र सन्दर्भले ‘बगैचामा फुल्ने’ वा ‘कुखुराले पार्ने’ कुरा बताउने तर्क भाषावैज्ञानिक आधारमा सहि हो तर ‘विद्या’ लाई ‘विद्या’ बनाउँदा यूनिकोडलाई आधार मान्नु चाहिँ पुच्छरले कुकुर हल्लाएको अवस्था देखियो । यस्ता कुरालाई ख्याल नगरी ललितपुर घोषणालाई विद्यालय तहको नेपाली पाठ्यक्रम र पाठ्यपुस्तकमा हुवहु लागू गर्दा शिक्षण, सिकाइ र उत्तरपुस्तिका परीक्षणमा समस्या भएको छ । एउटै लेखाइ एउटा कक्षामा सुद्ध र अर्कोमा असुद्ध हुने अवस्था छ ।

भाषा र जीवन
भाषाविद्हरू भाषालाई जीवित वस्तुको रूपमा लिन्छन् । कुनै पनि भाषाले जन्म, विकास र मृत्यु तीनै चरण गुजार्छ । सभ्यता विकासको कुनै कालखण्डमा भाषाको जन्म हुन्छ । कालान्तरमा विकास हुन्छ । लोप हुन्छ । संसारमा बोलिने सयौँ भाषाहरू लोप भइसकेका छन् । हजारौँ भाषाहरू लोप हुने अवस्थामा छन् । डार्विनको विकासवादी सिद्धान्त भाषाको जीवनमा पनि लागू हुन्छ । प्राकृतिक वातावारण पाएमा भाषा सम्वृद्धितिर जान्छ तर शब्द तथा व्याकरणलाई कृतिम तरिकालाई मोड्न खोजियो भने यसले आप्mनो प्राकृतिक प्रावाह गुमाउछ लोप हुने बाटोमा पुग्दछ ।

नेपाली एउटा सम्वृद्ध भाषा हो । यसमा एउटै अर्थ दिने पर्यायवाची शब्दहरू प्रशस्त छन् । पर्यायवाची भन्नाले अर्थमा सतप्रतिशत मिल्ने भन्ने होइन । प्रसंग र सन्दर्भअनुसार पर्यायवाची शब्दहरूबीचमा अर्थमा केही फरक पर्नसक्छ । त्यसैले शब्दको प्रयोगमा सावधानी अपनाउनु जरुरी हुन्छ । पर्यायवाची भन्नासाथ लापर्वाही किसिमले प्रयोग गर्दा कहिलेकाही अर्थको अनर्थ पनि लाग्न सक्छ । तर नेपालको अधिकारमुखी आन्दोलनमा शब्द नै परिवर्तन गर्ने लहरले आन्दोलनलाई शब्दको वरिपरि घुमाइरहेको छ ।

अंग्रेजी भाषा संसारमा सबैभन्दा बढी प्रयोग हुने भाषा हो । नेपालमा पनि यसको प्रयोग बढ्दै गएको छ । नेपालको पाठ्याक्रममा स्नातक तहसम्म यसलाई अनिवार्य गरिएको छ र नेपालको शिक्षाको माध्यम क्रमश अंग्रेजी बन्दै गएको छ । एकातिर नेपाली भाषा अंग्रेजीको अतिक्रमणको मारमा पर्दै गएको छ भने नेपाली भाषा विवादहरूको चक्करमा अल्झिरहेको छ । विवादहरू कहिले अर्थमा, कहिले हिज्जेमा त कहिले वर्णमालाको क्षेत्रमा देखापदै आएका छन् । जसले नेपाली भाषाको संवृद्धिलाई पछाडि धकेलिरहेको छ ।

नेपाल लामो समयसम्म सामन्तवादको चंगुलमा रह्यो । सामन्तवादको प्रमुख विशेषता भनेको आफूभन्दा शक्तिशालीको चाकरी र कमजोरलाई अपमान गरेर आप्mनो स्वर्थ पूरा गरिरहनु हो । यो मनोविज्ञानबाट निर्देशित व्यावहार राज्य सञ्चालकदेखि तल्ला तहसम्म कायम रह्यो । समाज, परिवार र व्यक्तिसम्म त्यही क्रम रह्यो । जसको परिणाम स्वरूप समाज कमजोर स्थानमा रहेका महिला, अपांग, दलित, जनजाति, भूमिहीनहरूलाई सम्बोधन गर्ने शब्द र व्याकरण अपमानवोधक भए । यसो भन्दैमा शब्द र व्याकरण फेर्दैमा लक्षित समुदाय सम्मानित हुन्छन् भन्ने कुनै तथ्य भेटिदैन । उनीहरूप्रति राज्य, समुदाय र हरेक व्यक्तिले गर्ने व्यावहारले उनीहरूको अवस्था निर्धारण गर्दछ । सिद्धान्त र व्यावहारका हरेकक्षेत्रमा पश्चिमाकरण भइरहेको वर्तमान परिप्रेक्ष्यमा सकारात्मक कुराको अनुसरण गर्नु जरुरी छ । यसको साटो शब्द, व्याकरण र हिज्जेमा मात्रै हाम्रा अधिकारको आन्दोलनलाई अलमल्याइ रह्यौँ भने लक्ष्यप्राप्तिलाई हामी आफैँ पछाडि धकेलिरहने छौँ ।

प्रतिक्रिया