म इमानदार–सोझो गोरू !

-दीपक खनाल

deepak_khanal copy

हलीज्यू !
तपाईंको जुवामा नारिएर
तपार्इंको नारामा हलो अड्याएर
तपाईंले जोत् भने जोत्ने
तपाईंले हट् भने हट्ने
तपाईंले बढ् भने बढ्ने
कुनो जा भने कुनो जाने
छेउ आइज भने छेउ आउने
फगत म इमानदार सोझो गोरू ।

हलीज्यू !!
काककध पट्पटी फुटाएर
खुट्टा चरचरी चिराएर
हलनटाट पल्टँदा पनि
तपाईंको स्याउला र ढुटोमै चित्त बुझाएर
विनाअतिरिक्त मूल्य
बाह्रैमास धानमकै छर्न व्यस्त हुने
दायाँकक बायाँकक गर्न नसक्ने
लप्पनछप्पन गर्न नजान्ने
तपाईंले जति लठ्ठी हाने पनि
मौन बस्नुपर्ने म निरीह गोरू
हरेक सालिन्दा असार रोप्छु
तपाई मंसीर भित्राउनुहुन्छ
म रित्तो हात गोठ फर्कन्छु ।।

हलीज्यू !!!
के जादू छ तपाईंको सिद्धान्तमा ?
कुन मोहनी छ तपार्इंको पराल र कुककडोमा ??
किन लठ्ठिन्छु म
किन भुल्छु म
भूसमा ???

हलीज्यू !!!!
अति भएपछि खति हुन्छ रे !
अब पनि जोताए
अब पनि झूक्याए
उदिनिदिन्छु सिड़ले
तपाईंको छाती
फुटाइदिन्छु पुच्छरले
तपाईंको आककखा
झारिदिन्छु लात्तीले
तपाईंकै अनाडी ।

प्रतिक्रिया