काठमाडौ २३ पुस । शेरबहादुर खड्का स्मृति प्रतिस्ठान, बालकोटले १२आँै सागका महिला भलिबल खेलाडीलाई बुधबार बेलुका ट्रायकसुट प्रदान गरेको थियो । प्रतिष्ठनका अध्यक्ष रन्जन खड्काले खेलाडी बसोबस गर्दै गरेको सुन्धारास्थित रोयल थकाली होटलमा गएर खेलाडी, प्रशिक्षक तथा अफिसियललाई ४० हजार बराबरको १५ जोर ट्रयाकसुट प्रदान गरेका थिए । भलिबलका पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका अध्यक्ष खड्काले खेलाडी छँदाकोे पीडा आपूmले पनि अनुभव गरेको स्मरण गराउँदै भने खेलाडीले अभावबीच च्याम्पियन बन्न जानेका छन् । मलाई विश्वास छ, खेलाडी बहिनीहरू खरो उत्रिनु हुनेछ । मेरो यो सानो सांकेतिक सहयोग मात्र हो ।
उनले संघसंस्था र व्यक्ति विशेषबाट यस्ता सहयोग र सम्मान भएमा खेलकुदको विकास र विस्तारमा ठूलो मद्दत मिल्ने बताए । उक्त अवसरमा नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले प्रतिष्ठानले छोटो समयमा महत्वपूर्ण काम गरेको बताए । आफ्नो पूजनीय स्वर्गीय पिताको स्मृतिमा राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गर्नु, प्रतिष्ठानकै नामबाट राष्ट्रिय महिला भलिबलको आयोजना गर्नु, खेलसँगै पढाइमा पनि अब्बल नतिजा ८९.२५ अंक प्राप्त गरि प्रवेशिका परीक्षामा उत्तीर्ण गर्ने राष्ट्रिय खेलाडी कृपा अधिकारीलाई १५ हजार नगदसहित सम्मान गर्नु, न्युडायमन्ड एकेडेमीको महिला भलिबल टिमलाई वार्षिक रूपमा स्पोर्टस् क्ट्सि प्रायोजन गर्नु जस्ता उल्लेखनीय काम गरेर नेपाल भलिबल संघलाई महत्वपूर्ण सहयोग गरेको बताए । नेपाल भलिबल संघकी सदस्य एवं न्युडायमन्डकी फाउन्डर सुनकेसरी मालीले सानो अनुरोधमा खेलाडीहरूलाई प्रोत्साहन गर्नुभएकोमा प्रतिष्ठानका अध्यक्षप्रति आभार व्यक्त गरिन् । सो अवसरमा भलिबलका मुख्यप्रशिक्षक सुदेश रिमाल, प्रशिक्षक जगदीश भट्टलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया