संसद् बैठक अवरुद्ध

Joj:yflksf–;+;bsf] a}7s Joj:yflksf–;+;bsf] dªunaf/ a;]sf] a}7sdf /f]:6«d glhs cfP/ df]rf{;Fu cfa4 bnsf ;f+;bn] gf/fafhL ub}{ . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं, १५ मंसिर । संसद्को मंगलबारको बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदले अवरुद्ध गरेका कारण स्थगन भएको छ । बैठकको प्रारम्भसँगै नेपाली कांग्रेस र मधेस केन्द्रित दलहरूले आआफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख ओनसरी घर्ती मगरले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता फर्मुल्लाह मन्सुरलाई बोल्न समय प्रदान गरेको घोषणा गर्नासाथ मोर्चासँग आबद्ध दलका सांसद रोस्टम नजिक आएर तथा नेमकिपाका सांसदले आफू रहेको स्थानबाट लगातार नाराबाजी गरेका थिए ।

मोर्चा आबद्ध दलका सांसदले तराई–मधेसमा भएको आन्दोलनमा हुँदै आएको ‘प्रहरी हस्तक्षेप’ बन्द गर्न माग गर्दै नाराबाजी गरेका थिए भने नेमकिपाका तर्फबाट नाकाबन्दीलगायत भारतीय पक्षबाट हुँदै आएको हस्तक्षेप बन्द गर्न माग गरिएको थियोे ।

मोर्चासहितका सांसदबाट लगातार नाराबाजी भइरहँदा सभामुखले आआफ्नो स्थान ग्रहण गरेर बैठक सञ्चालनमा सहयोग पु¥याउन पटकपटक आग्रह गरेकी थिइन् । सभामुखको आग्रहलाई बेवास्ता गर्दे नाराबाजी चलिरहेपछि सभामुखले भनिन्, ‘तपार्इंहरूले भनेका विषयलाई संयोजन गर्न पनि बैठक सञ्चालन गर्नुपर्ने भएकाले नाराबाजी छाडेर स्थान ग्रहण गर्न आवश्यक रहेको छ, तपाईंहरूलाई सिटमा गएर आसन ग्रहण गर्न म आग्रह गर्दछु ।’

निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको बैठकमा लगातार आधा घन्टाको नाराबाजी भएको थियो । बैठकमा केही सांसदले नाराबाजी गरिरहँदा अरू सांसद भने एकापसमा कुराकानी गरेर समय कटाइरहेका थिए । सांसदले रोस्ट्रम घेरेर लगातार नाराबाजी गरिरहेका अवस्थामा बैठक चल्न नसक्ने भएको जनाउँदै यो अवस्थालाई अवरोधको अवस्था मानिने भएकाले बैठक स्थगन गरिएको सभामुखले जनाइन् । मंगलबारकोे बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने मात्र कार्यसूची थियो । संसद्को अर्काे बैठक मंसिर २० गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया