न्यूयोर्क । नेपाली मूलकी विद्यार्थी समानता श्रेष्ठको हत्या आरोप प्रमाणित भएपछि अमेरिकामा एक युवतीले ८५ वर्ष जेल सजाए पाएकी छन् ।
समानताको हत्या अभियोगमा पक्राउ परेकी २२ वर्षीया जेशिका मिशेललाई मोन्टगेमरी काउन्टी सर्कुट अदालत भर्जिनियाले लामो काराबास सजाए सुनाएको हो ।
गत वर्ष फेब्रुअरीमा अमेरिकामा भएको हत्यामा जेसिका मुख्य हत्याराका रूपमा पक्राउ परेकी थिइन् ।
समानताको परिवारले ६ वर्ष अगाडि पनि मोटरसाइकल दुर्घटनामा एउटा छोरी गुमाइसकेको छन् ।
प्रतिक्रिया