ओसाका । जापानमा रहने कर्णाली प्रदेशका सम्पूर्ण नेपालीहरूबीच आपसी एकता, समन्वय र पहिचान सुदृढ गर्नका लागि स्थापना भएको कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुने भएको छ । उक्त अधिवेशन आगामी २०२५ जुन २२ (आइतबार) हुने जापानमै कार्यरत प्रचारप्रसार संयोजक प्रकाश रसाइली ‘भावुक’ ले जानकारी दिए ।
लोक दोहोरी गायक तथा कार्यक्रमको प्रचारप्रसार संयोजक समेत रहेका रसाइलीका अनुसार यस संस्थाले कर्णालीको पहिचानलाई अन्तराष्ट्रिय स्तरमा उजागर गर्दै समाजका बीच एकता र गतिशीलता बढाउँदै आइरहेको छ । उनले आफ्ना देशका नागरिकहरुको हरेक अप्ठ्यारोमा सारथी बन्न व्यक्तिभन्दा पनि एक संस्थाको ठूलो भूमिका रहने मात्रै नभइ आधिकारिक रहने बताए ।
कर्णाली प्रदेश समाज जापान केन्द्रीय कार्यसमितिको मुख्य आयोजनामा तत्कालै सम्पन्न भएको कर्णाली सांगीतिक साँझ निकै सभ्य र भव्यरुपमा सम्पन्न भएको पनि उनले बताए । आगामी दिनमा यस्ता कार्यक्रमहरु थप बृहत् तरिकाले आयोजना गर्नेबारे संस्थाका केन्द्रीय अध्यक्ष कृष्ण शाहीसँग आन्तरिक छलफल चलिरहेको पनि रसाइलीले जानकारी दिए ।
अधिवेशनमा कर्णालीका १० वटै जिल्लाका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न समावेशी र सशक्त कार्यसमिति गठनका लागि संस्थाका वर्तमान उपाध्यक्ष रवीन्द्र शाही, लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै र सोही संस्थाका विभिन्न शाखाहरुमा जिम्मेवार पद सम्हाल्दै आएका अन्जन कुमार लगायत अन्य व्यक्तित्वहरुको मुख्य भूमिका रहने रसाइलीले बताए ।
साथै, सबैको साझा गुनासो दुई कार्यकाल समापनमा प्रवेश गरिरहेको वर्तमान कार्यसमिति चाहेजति सक्रिय र चलायमान हुन नसक्दा झेलिरहेको अप्ठ्यारो परिस्थिति पुनः नदोहर्याउन, चलायमान र सक्रिय कार्यसमिति चयनमा थप प्रयास गरिएको समेत रसाइलीले बताए । कार्यक्रममा जापानमा रहेका विभिन्न संघ–संस्था तथा ओसाका जापानभरिका कर्णालीवासीहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको उनले बताए ।
प्रतिक्रिया