१८ नेपालीलाई कतारले दियो आममाफी

काठमाडौँ । कतार सरकारले विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ । कतार सरकारले रमदान र इदको अवसरमा १८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले आममाफीको निर्णयका लागि कतार सरकारप्रति आभार व्यक्त गरेको छ । तर, माफी पाउनेहरूको विवरण भने सार्वजनिक गरिएको छैन । कतारको दोहास्थित नेपाली दूतावासमार्फत् नेपाल सरकारको अनुरोधपछि आममाफीको निर्णय भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया