भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिनाको स्वदेश फिर्तीमा बाधा नपार्ने अमेरिकाको घोषणा

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोको स्वदेश फिर्ती नरोकिने अमेरिकी कूटनीतिज्ञ लुइस मेन्डेजले बताएका छन् । उनले तोकिएका सर्तहरु भने मान्नु पर्ने चेतावनी दिएका छन् ।

यस विषयमा विदेश मन्त्रालयको नीति स्पष्ट रहेको उल्लेख गर्दै दक्षिण अमेरिकाका लागि उप सहायक सचिव लुइस मेन्डेजले अमेरिकाले मारिया कोरिनालाई स्वदेश फर्कन कुनै पनि बाधा नपुर्याउने बताएका छन् ।

मचाडोले गत डिसेम्बरमा नर्वेमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नका लागि भेनेजुएलाबाट बाहिर आएपछि आजसम्म स्वदेश नफर्केको जनाइएको छ । यसैबीच उनले भेनेजुएलाको सन्दर्भमा केही महत्वपुर्ण काम गर्न आवश्यक भएकाले स्वदेश फर्किदै गर्दा कुनै अवरोध नगर्ने मेन्डेजले प्रष्ट पारेकी छन् ।

गत जुन –२४ मा आएको विनाशकारी भूकम्प पछि, मचाडोले धेरै पटक काराकास फर्कने प्रयास गरेता पनि भेनेजुएलाको कूटनीतिक दबाबले उनको प्रयासलाई अवरुद्ध गरेको जनाइएको छ ।

अमेरिकी सरकारले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई मचाडोलाई फर्कन अनुमतिको लागि सहजिकरण गर्न खोजेको हो, भन्ने प्रश्नको उत्तरमा मेन्डेजले अधिकारीहरूसँग आवाश्यक समन्यव समेत गरेको बताएका छन् ।

गत जनवरीमा तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गरे देखि सत्तामा रहेका रोड्रिगेजले सरकारले अर्को महिना देखि विपक्षी दलका सदस्यहरूसँग भेट्ने योजना बनाएको उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया