उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा सिफारिस (सूचीसहित)

काठमाडौं । न्याय परिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सरुवा सिफारिस गरेको छ । आज बिहीबार बसेको परिषद्को बैठकले उच्च अदालतका ५० जना र जिल्ला अदालतका १४८ जना न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

उच्च अदालततर्फ यमुना भट्टराईलाई उच्च अदालत पाटनको हेटौंडा इजलासबाट उच्च अदालत पोखराको बागलुङ इजलासमा, विपुल न्यौपानेलाई उच्च अदालत विराटनगरको इलाम इजलासबाट उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा र नातिबाबु लामिछानेलाई उच्च अदालत पोखराको बागलुङ इजलासबाट उच्च अदालत विराटनगरको इलाम इजलासमा सरुवा सिफारिस गरिएको छ ।

यस्तै सुदर्शन देव भट्टलाई उच्च अदालत जनकपुर (काज, अध्यक्ष विशेष अदालत) बाट उच्च अदालत सुर्खेतमा, जनक पाण्डेलाई उच्च अदालत सुर्खेत (काज, अध्यक्ष श्रम अदालत) बाट उच्च अदालत पाटनको हेटौँडा इजलासमा र बासुदेव आचार्यलाई उच्च अदालत तुलसीपुरबाट उच्च अदालत तुलसीपुरकै बुटवल इजलासमा (काज, सर्वोच्च अदालत) सरुवा गरिएको छ ।

डा. शान्ता सेढाई सापकोटालाई उच्च अदालत दिपायलको महेन्द्रनगर इजलास (काज, अध्यक्ष वैदेशिक रोजगार न्यायाधिकरण) बाट उच्च अदालत दिपायलमा दरबन्दी मात्र सारिएको छ । ध्रुवराज नन्दलाई उच्च अदालत विराटनगरबाट उच्च अदालत पाटनमा, टंकप्रसाद गुरुङलाई उच्च अदालत पाटनबाट उच्च अदालत विराटनगरको धनकुटा इजलासमा र हरिप्रसाद पौडेललाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजबाट उच्च अदालत पोखरामा सरुवा सिफारिस गरिएको छ ।

राज्यलक्ष्मी बज्राचार्यलाई उच्च अदालत विराटनगर (काज, अस्थायी इजलास ओखलढुंगा) बाट उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा, रमेश ढकाललाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट उच्च अदालत जनकपुरको राजविराज इजलासमा र नारायणप्रसाद पौडेललाई उच्च अदालत पाटनको हेटौँडा इजलास (काज, सदस्य विशेष अदालत) बाट उच्च अदालत जनकपुरको राजविराज इजलासमा दरबन्दी मात्र सारिएको छ ।

नीलम पौडेललाई उच्च अदालत तुलसीपुरको बुटवल इजलास (काज, उच्च अदालत पाटन, हेटौँडा इजलास) बाट उच्च अदालत पाटनको हेटौँडा इजलासमा, विमल सुवेदीलाई उच्च अदालत विराटनगरबाट उच्च अदालत जनकपुरमा र डालकुमार खड्कालाई उच्च अदालत पाटनबाट उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पठाइएको छ ।

किरणकुमार पोखरेललाई उच्च अदालत विराटनगरको इलाम इजलासबाट उच्च अदालत पाटनको हेटौँडा इजलासमा, सुदर्शनराज पाण्डेलाई उच्च अदालत पोखराबाट उच्च अदालत जनकपुरमा, दीपेन्द्र अधिकारीलाई उच्च अदालत पोखराबाट उच्च अदालत सुर्खेतमा, राजुराम सिलवाललाई उच्च अदालत जनकपुरबाट उच्च अदालत पाटनमा, मेरिना श्रेष्ठलाई उच्च अदालत पोखराबाट उच्च अदालत विराटनगरमा र रेखा थापा पाण्डेलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट उच्च अदालत विराटनगरको इलाम इजलासमा सरुवा गरिएको छ ।

किरणकुमारी गुप्तालाई उच्च अदालत पाटनको हेटौँडा इजलासबाट उच्च अदालत जनकपुरको राजविराज इजलासमा, ममता खनाललाई उच्च अदालत पाटनको हेटौँडा इजलासबाट उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा, जगदीश घिमिरेलाई उच्च अदालत जनकपुरबाट उच्च अदालत पाटनको हेटौँडा इजलासमा र सागर विष्टलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट उच्च अदालत विराटनगरको इलाम इजलासमा सरुवा सिफारिस गरिएको छ ।

निर्मला शाक्यलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट उच्च अदालत जनकपुरमा, खडानन्द तिवारीलाई उच्च अदालत पाटनबाट उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा, कृष्णराम कोइरालालाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट उच्च अदालत पोखरामा, काजीबहादुर राईलाई उच्च अदालत विराटनगरको इलाम इजलासबाट उच्च अदालत जनकपुरको राजविराज इजलासमा र नारायणप्रसाद रेग्मीलाई उच्च अदालत विराटनगरबाट उच्च अदालत जनकपुरको राजविराज इजलासमा (काज, उच्च अदालत विराटनगर) सरुवा गरिएको छ ।

सुशिल कोइरालालाई उच्च अदालत जनकपुरको राजविराज इजलासबाट उच्च अदालत दिपायलमा, अचुतम कुमार आचार्यलाई उच्च अदालत जनकपुरको राजविराज इजलासबाट उच्च अदालत पाटनमा, विष्णुप्रसाद अर्याललाई उच्च अदालत विराटनगरबाट उच्च अदालत पाटनमा, सूर्यप्रसाद पराजुलीलाई उच्च अदालत पाटनबाट उच्च अदालत पोखरामा र डण्डपाणि शर्मालाई उच्च अदालत पोखराको बागलुङ इजलासबाट उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सरुवा गरिएको छ ।

उमेश कोइरालालाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज (काज, सदस्य विशेष अदालत) बाट उच्च अदालत पाटनमा दरबन्दी मात्र सारिएको छ । मातृकाप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेतबाट उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा, नरबहादुर खड्कालाई उच्च अदालत तुलसीपुरबाट उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा, सरला मोक्तानलाई उच्च अदालत जनकपुरको राजविराज इजलासबाट उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा, नरेशकुमार चौधरीलाई उच्च अदालत दिपायल (काज, उच्च अदालत जनकपुर, राजविराज इजलास) बाट उच्च अदालत जनकपुरको राजविराज इजलासमा, माधव धिताललाई उच्च अदालत जनकपुरको राजविराज इजलासबाट उच्च अदालत पाटनमा र हरिराज कार्कीलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजबाट उच्च अदालत पाटनमा सरुवा सिफारिस गरिएको छ ।

तेजनारायण पौडेललाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट उच्च अदालत पोखराको बागलुङ इजलासमा, दलबहादुर केसीलाई उच्च अदालत तुलसीपुरको नेपालगंज इजलासबाट उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा, प्रकाशचन्द्र अधिकारीलाई उच्च अदालत दिपायल (काज, उच्च अदालत विराटनगर) बाट उच्च अदालत विराटनगरमा, उद्धवप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको धनकुटा इजलासबाट उच्च अदालत पाटनमा, खड्गराज अधिकारीलाई उच्च अदालत दिपायलबाट उच्च अदालत विराटनगरमा, कोमलबहादुर खत्रीलाई उच्च अदालत सुर्खेतबाट उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा र श्यामकुमार विश्वकर्मालाई उच्च अदालत दिपायल (काज, उच्च अदालत विराटनगर, इलाम इजलास) बाट उच्च अदालत विराटनगरको इलाम इजलासमा सरुवा सिफारिस गरिएको छ ।

जिल्ला अदालततर्फ दयाराम ढकाललाई चितवनबाट नुवाकोट जिल्ला अदालतमा, चुरामन खड्कालाई काठमाडौंबाट इलाम जिल्ला अदालतमा, हरिप्रसाद शर्मा उपाध्यायलाई पाल्पाबाट बैतडी जिल्ला अदालतमा, मातृकाप्रसाद आचार्यलाई काभ्रेपलाञ्चोकबाट मकवानपुर जिल्ला अदालतमा, दीपककुमार दाहाललाई बाँकेबाट रामेछाप जिल्ला अदालतमा, डा. श्रीप्रकाश उप्रेतीलाई ललितपुरबाट सिरहा जिल्ला अदालतमा, कमलराज विष्टलाई सिन्धुलीबाट भक्तपुर जिल्ला अदालतमा र अशोककुमार बस्नेतलाई रुपन्देहीबाट काठमाडौं जिल्ला अदालतमा सरुवा सिफारिस गरिएको छ ।

भोलानाथ ढकाललाई न्याय परिषद् (काज, कालिकोट) बाट कालिकोट जिल्ला अदालतमा, उमेशप्रसाद लुइँटेललाई झापाबाट काठमाडौं जिल्ला अदालतमा, नारायणप्रसाद पौडेललाई भक्तपुरबाट गोरखा जिल्ला अदालतमा, पुनाराम खनाललाई ललितपुरबाट चितवन जिल्ला अदालतमा, कोमलप्रसाद आचार्यलाई नुवाकोटबाट रुपन्देही जिल्ला अदालतमा, राजेन्द्र नेपाललाई रामेछापबाट काठमाडौं जिल्ला अदालतमा, तीर्थराज के।सी।लाई महोत्तरीबाट पर्सा जिल्ला अदालतमा र धनिश्वर पौडेललाई रुपन्देहीबाट काठमाडौं जिल्ला अदालतमा सरुवा गरिएको छ ।

महेन्द्रप्रसाद पोखरेललाई झापाबाट पर्सा जिल्ला अदालतमा, किशोर घिमिरेलाई सप्तरीबाट मोरङ जिल्ला अदालतमा, भिष्मराज प्रसाईलाई मोरङ जिल्ला अदालत (काज, न्याय परिषद्) बाट न्याय परिषद्मा, शंकरबहादुर राईलाई कास्कीबाट नवलपुर जिल्ला अदालतमा, डा. दिवाकर भट्टलाई काठमाडौं जिल्ला अदालत (तोकिएको, उपभोक्ता अदालत समेत) बाट रौतहट जिल्ला अदालतमा, मनोज केसीलाई सुनसरीबाट रौतहट जिल्ला अदालतमा, शिवप्रसाद खनाललाई रुकुमकोटबाट मोरङ जिल्ला अदालतमा, दुर्गाबहादुर भुसाललाई सप्तरीबाट मोरङ जिल्ला अदालतमा र दीपक ढकाललाई सुर्खेतबाट रौतहट जिल्ला अदालतमा सरुवा गरिएको छ ।

रामप्रसाद न्यौपानेलाई दोलखाबाट धादिङ जिल्ला अदालतमा, कमलप्रसाद ज्ञवालीलाई नवलपुरबाट धनुषा जिल्ला अदालतमा, प्रकाश राउतलाई सुनसरीबाट झापा जिल्ला अदालतमा, विष्णुप्रसाद गौतमलाई गोरखाबाट बाँके जिल्ला अदालतमा, चित्रबहादुर गुरुङलाई मोरङबाट भक्तपुर जिल्ला अदालतमा, पीताम्बर शर्मालाई काठमाडौंबाट सप्तरी जिल्ला अदालतमा, रोशन गजुरेललाई इलामबाट सिरहा जिल्ला अदालतमा, माधवप्रसाद मैनालीलाई सिरहाबाट काभ्रेपलाञ्चोक जिल्ला अदालतमा, कृष्णजंग शाहलाई कास्कीबाट चितवन जिल्ला अदालतमा र कुलप्रसाद पाण्डेलाई दैलेखबाट कपिलवस्तु जिल्ला अदालतमा सरुवा गरिएको छ ।

ईश्वरीप्रसाद भण्डारीलाई काठमाडौंबाट सिरहा जिल्ला अदालतमा, सन्तोषप्रसाद पराजुलीलाई सुनसरीबाट भक्तपुर जिल्ला अदालतमा, केदारनाथ पौडेललाई चितवनबाट ललितपुर जिल्ला अदालतमा, मनोज श्रेष्ठलाई दाङबाट बर्दिया जिल्ला अदालतमा, दिलीपराज पन्तलाई सुर्खेतबाट भक्तपुर जिल्ला अदालतमा, विश्वनाथ भट्टराईलाई बाराबाट भक्तपुर जिल्ला अदालतमा, रोमनाथ अधिकारीलाई सप्तरीबाट काठमाडौं जिल्ला अदालतमा, टीकेन्द्र दाहाललाई दाङबाट चितवन जिल्ला अदालतमा, चाणकमणि अर्याललाई रुपन्देहीबाट सुनसरी जिल्ला अदालतमा र विदुर काफ्लेलाई सिरहाबाट रौतहट जिल्ला अदालतमा सरुवा गरिएको छ। राजेशकुमार कटुवाललाई तनहुँबाट सिन्धुली जिल्ला अदालतमा, विनोद खतिवडालाई रोल्पाबाट दोलखा जिल्ला अदालतमा, मणिराम न्यौपानेलाई काठमाडौंबाट बारा जिल्ला अदालतमा, गीता श्रेष्ठलाई मकवानपुरबाट बाँके जिल्ला अदालतमा, शिवलाल पाण्डेयलाई अर्घाखाँचीबाट पर्सा जिल्ला अदालतमा, माधवप्रसाद घिमिरेलाई सुनसरीबाट बाँके जिल्ला अदालतमा, नविन कुमार जोशीलाई बाँकेबाट पर्सा जिल्ला अदालतमा र गेहेन्द्रराज पन्तलाई नवलपरासी जिल्ला अदालत (काज, सिन्धुली) बाट दाङ जिल्ला अदालतमा सरुवा गरिएको छ। विद्याराज पौडेललाई मुस्ताङबाट काठमाडौं जिल्ला अदालतमा, टेकराज जोशीलाई ललितपुरबाट दार्चुला जिल्ला अदालतमा, मनकुमारी जिएम बिकलाई धादिङबाट नवलपरासी जिल्ला अदालतमा, यज्ञप्रसाद आचार्यलाई बाराबाट कास्की जिल्ला अदालतमा, बलराम लम्साललाई काठमाडौंबाट पर्सा जिल्ला अदालतमा, बालकृष्ण वाग्लेलाई काठमाडौंबाट मोरङ जिल्ला अदालतमा, डिल्लीराम शर्मा अर्याललाई रुपन्देहीबाट अर्घाखाँची जिल्ला अदालतमा र रामचन्द्र खड्कालाई काठमाडौंबाट मोरङ जिल्ला अदालतमा पठाइएको छ ।

ध्रुवराज कार्कीलाई काठमाडौंबाट जुम्ला जिल्ला अदालतमा, चन्द्रप्रकाश तिवारीलाई बाँकेबाट कास्की जिल्ला अदालतमा, टेकनाथ गौतमलाई ललितपुरबाट झापा जिल्ला अदालतमा, श्याम विहारी मौर्यलाई काठमाडौंबाट बाँके जिल्ला अदालतमा, मनोजकुमार श्रीवास्तवलाई धनुषाबाट मोरङ जिल्ला अदालतमा, उद्धवप्रसाद गजुरेललाई धनुषाबाट काठमाडौं जिल्ला अदालतमा, ठाकुरप्रसाद खरेललाई काठमाडौंबाट पर्सा जिल्ला अदालतमा, विष्णुप्रसाद अक्स्थीलाई काठमाडौंबाट बर्दिया जिल्ला अदालतमा, उत्तम सिलुवाललाई पर्साबाट कास्की जिल्ला अदालतमा, पुण्यप्रसाद सापकोटालाई रौतहटबाट झापा जिल्ला अदालतमा र रोमाकान्त ज्ञवालीलाई दाङबाट बाजुरा जिल्ला अदालतमा सरुवा गरिएको छ ।

रोशनकुमार भट्टराईलाई अछामबाट धनुषा जिल्ला अदालतमा, निर्मला योङयालाई ललितपुरबाट मोरङ जिल्ला अदालतमा, दुगदिवी गुरुङलाई चितवनबाट सुनसरी जिल्ला अदालतमा, शकुन्तला कार्कीलाई मकवानपुरबाट धनुषा जिल्ला अदालतमा, भुवन गिरीलाई दार्चुलाबाट मुगु जिल्ला अदालतमा, ओमबहादुर सोडारीलाई सिरहाबाट सुनसरी जिल्ला अदालतमा, प्रकाश कोइरालालाई नवलपुरबाट सप्तरी जिल्ला अदालतमा, ध्रुवकुमार ढकाललाई चितवनबाट काठमाडौं जिल्ला अदालतमा, विष्णुप्रसाद रेग्मीलाई पर्साबाट बाँके जिल्ला अदालतमा, पुरुषोत्तम नेपाललाई सुनसरीबाट सर्लाही जिल्ला अदालतमा र राजेश्वर अर्याललाई दाङबाट बझाङ जिल्ला अदालतमा सरुवा सिफारिस गरिएको छ ।

महेन्द्रबहादुर थापा क्षेत्रीलाई कञ्चनपुरबाट सप्तरी जिल्ला अदालतमा, रामानन्दप्रसाद अधिकारीलाई नवलपरासीबाट सिरहा जिल्ला अदालतमा, मोहन सुवेदीलाई पर्साबाट काठमाडौं जिल्ला अदालतमा, सुरेशराज खनाललाई बाराबाट मोरङ जिल्ला अदालतमा, हर्क बहादुर क्षेत्रीलाई काठमाडौंबाट डोल्पा जिल्ला अदालतमा, पूर्णिमा कोइरालालाई मकवानपुरबाट चितवन जिल्ला अदालतमा, तारादेवी महर्जनलाई काठमाडौंबाट चितवन जिल्ला अदालतमा, डल्लुराम चौधरीलाई बर्दियाबाट नवलपरासी जिल्ला अदालतमा, ताराकुमारी शर्मालाई नवलपरासीबाट काठमाडौं जिल्ला अदालतमा र चन्द्रकुमार पोखरेललाई सोलुखुम्बुबाट सप्तरी जिल्ला अदालतमा सरुवा गरिएको छ ।

राजेन्द्रसिंह भण्डारीलाई कञ्चनपुरबाट काठमाडौं जिल्ला अदालतमा, संजिव पोखरेललाई बाजुराबाट महोत्तरी जिल्ला अदालतमा, इन्द्रबहादुर कठायतलाई रुपन्देहीबाट कैलाली जिल्ला अदालतमा, हिरण्यप्रसाद भण्डारीलाई प्युठानबाट बाँके जिल्ला अदालतमा, रुद्रमणि गिरीलाई रुकुमकोटबाट रुपन्देही जिल्ला अदालतमा, उपेन्द्रकेशर खनाललाई पर्साबाट काठमाडौं जिल्ला अदालतमा, रेशराज शर्मालाई काठमाडौंबाट सिरहा जिल्ला अदालतमा, आनन्दराज पन्तलाई जुम्लाबाट बारा जिल्ला अदालतमा, महेश खनाललाई कपिलवस्तुबाट दाङ जिल्ला अदालतमा र मोना सिंहलाई सर्लाहीबाट काठमाडौं जिल्ला अदालतमा सरुवा सिफारिस गरिएको छ ।

नेत्रप्रसाद भुषाललाई बाँकेबाट कपिलवस्तु जिल्ला अदालतमा, कुमार मास्केलाई पाँचथरबाट सुनसरी जिल्ला अदालतमा, रामाकान्त यादवलाई रौतहटबाट महोत्तरी जिल्ला अदालतमा, अर्जुनप्रसाद कोईरालालाई धनुषा जिल्ला अदालत (काज, भक्तपुर) बाट भक्तपुर जिल्ला अदालतमा, नरेन्द्रबहादुर बुढालाई बाराबाट काठमाडौं जिल्ला अदालतमा, जीवनकुमार भण्डारीलाई सर्लाहीबाट बाँके जिल्ला अदालतमा, मुकुन्द आचार्यलाई पर्साबाट स्याङ्जा जिल्ला अदालतमा, शिवबहादुर थापालाई कपिलवस्तुबाट नवलपरासी जिल्ला अदालतमा, महेन्द्रबहादुर कार्कीलाई काठमाडौंबाट रौतहट जिल्ला अदालतमा, दीपक घिमिरेलाई बाँकेबाट काठमाडौं जिल्ला अदालतमा र फणेश्वरी घिमिरेलाई सुर्खेतबाट काठमाडौं जिल्ला अदालतमा सरुवा गरिएको छ ।

कमलकान्त जोशीलाई पर्साबाट सुर्खेत जिल्ला अदालतमा, नारायण सापकोटालाई काठमाडौंबाट बाँके जिल्ला अदालतमा, बसन्तराज जोशीलाई सुर्खेतबाट सोलुखुम्बु जिल्ला अदालतमा, मनिराम ज्ञवालीलाई मोरङबाट दाङ जिल्ला अदालतमा, अन्जनराज सापकोटालाई बाराबाट काठमाडौं जिल्ला अदालतमा, नीतिज राईलाई कास्कीबाट बारा जिल्ला अदालतमा, तिलक कार्कीलाई रौतहटबाट पाँचथर जिल्ला अदालतमा, चन्द्रमणि चापागाँईलाई सुनसरीबाट रोल्पा जिल्ला अदालतमा, यामबहादुर बानियालाई सर्लाहीबाट बाँके जिल्ला अदालतमा र रुद्रप्रसाद सुवेदीलाई पर्साबाट ललितपुर जिल्ला अदालतमा सरुवा गरिएको छ ।

धर्मराज पौडेललाई नवलपरासीबाट तनहुँ जिल्ला अदालतमा, टंकबहादुर महतलाई मोरङबाट प्युठान जिल्ला अदालतमा, सुवर्णमान बनेपालीलाई बझाङबाट रौतहट जिल्ला अदालतमा, तीर्थराज भट्टलाई बैतडीबाट सुर्खेत जिल्ला अदालतमा, सरिता रायमाझीलाई स्याङ्जाबाट पर्सा जिल्ला अदालतमा, लालसिंह थापालाई दाङबाट मुस्ताङ जिल्ला अदालतमा, शम्भुप्रसाद रेग्मीलाई रौतहटबाट काठमाडौं जिल्ला अदालतमा, दीपेन्द्रनाथ योगीलाई कैलालीबाट काठमाडौं जिल्ला अदालतमा, दुर्गाप्रसाद बस्याललाई सुनसरीबाट सप्तरी जिल्ला अदालतमा, दीपक धिताललाई सुनसरीबाट अछाम जिल्ला अदालतमा, मेघनाथ चापागाईँलाई मोरङबाट दैलेख जिल्ला अदालतमा र मीनबहादुर कुँवरलाई मुगुबाट नवलपरासी जिल्ला अदालतमा पठाइएको छ ।

इन्द्रकुमार खड्कालाई सुनसरीबाट धनुषा जिल्ला अदालतमा, नवराज कार्कीलाई सुनसरीबाट महोत्तरी जिल्ला अदालतमा, राजु ढुंगानालाई बाँकेबाट पाल्पा जिल्ला अदालतमा, हरिसिंह धामीलाई रौतहटबाट ललितपुर जिल्ला अदालतमा, अरुण कुमार झालाई मोरङबाट महोत्तरी जिल्ला अदालतमा, दुर्गाप्रसाद भट्टराईलाई रौतहटबाट रुपन्देही जिल्ला अदालतमा, ईश्वर आचार्यलाई धनुषाबाट रुपन्देही जिल्ला अदालतमा, मोहनबहादुर अधिकारीलाई सप्तरीबाट पर्सा जिल्ला अदालतमा, नारदप्रसाद भट्टराईलाई काठमाडौंबाट बारा जिल्ला अदालतमा, गोपालप्रसाद थापालाई सिरहाबाट काठमाडौं जिल्ला अदालतमा, चन्द्रदेव भारतीलाई डोल्पाबाट बर्दिया जिल्ला अदालतमा, ठाकुरप्रसाद पौडेललाई उदयपुर जिल्ला अदालत (काज, कैलाली) बाट कैलाली जिल्ला अदालतमा, ऋतबहादुर पुलामीमगरलाई सिरहाबाट झापा जिल्ला अदालतमा, जयन्ती अवस्थी भट्टलाई काठमाडौंबाट चितवन जिल्ला अदालतमा, दीक्षा प्रधानाङ्गलाई बाराबाट मकवानपुर जिल्ला अदालतमा, शारदादेवी पौडेललाई महोत्तरीबाट मकवानपुर जिल्ला अदालतमा, देवीकुमारी चौधरीलाई पर्साबाट सुनसरी जिल्ला अदालतमा, गोकुलबहादुर निरौलालाई मोरङबाट कैलाली जिल्ला अदालतमा, कुलप्रसाद दाहाललाई कालिकोट जिल्ला अदालत (काज, उदयपुर) बाट उदयपुर जिल्ला अदालतमा, बाबुराम भट्टराईलाई सप्तरीबाट रुपन्देही जिल्ला अदालतमा र बिरेन्द्रप्रकाश खड्कालाई मोरङबाट नवलपुर जिल्ला अदालतमा सरुवा सिफारिस गरिएको छ ।

यसका साथै, न्याय परिषद्को बैठकले विशेष अदालत काठमाडौँको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोक्नका लागि नेपाल सरकारलाई परामर्श दिने निर्णय गरेको छ । राजस्व न्यायाधीकरणतर्फ उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्दलाई राजस्व न्यायाधीकरण काठमाडौं, उच्च अदालत पोखराकी न्यायाधीश अन्जु उप्रेती ढकाललाई राजस्व न्यायाधीकरण पोखरा र उच्च अदालत विराटनगरका न्यायाधीश दिपेन्द्रबहादुर बमलाई राजस्व न्यायाधीकरण विराटनगरको कानुन सदस्य एवं अध्यक्ष पदमा तोक्नका लागि नेपाल सरकारलाई परामर्श दिने निर्णय पनि बैठकले गरेको छ ।

श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्नका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय समेत भएको न्याय परिषद्ले जनाएको छ ।

प्रतिक्रिया