सुकुम्बासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र

काठमाडौं । सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्न डोजर चलायो । सुकुमबासी र उनीहरुको सामान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगेर राखियो ।

त्यसपछि सुकुमबासीहरुलाई सरकारले अल्पकालीन व्यवस्थापन स्वरुप उनीहरुलाई होल्डिङ सेन्टरहरुमा लग्यो । सुकुमबासीहरु सर्ने क्रममा उनीहरुको केही सामान भने रंगशालामै छुटेको थियो ।

करिब साढे २ महिनादेखि यो सामान रंगशालामै छ। पानीले भिजेर धेरैजसो सामान कुहिएर गन्हाएको रंगशालाका कर्मचारीहरुले बताएका छन् । गृह मन्त्रालय र काठमाडौं महानगरपालिकालाई सामान सार्न आग्रह गर्दा वास्ता नगरिएको राखेपका कर्मचारीको गुनासो छ ।–तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया