स्रोत नखुलेको ५५ लाख ९० हजार नेपाली रुपैयाँसहित दुई जना पक्राउ

डोल्पा । प्रहरीले स्रोत नखुलेको ५५ लाख ९० हजार नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । डोल्पा जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोटबाट बुधबार स्रोत नखुलेको ५५ लाख ९० हजार नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोही जिल्लाको ठुलिभेरी नगरपालिका–३ दुनैबाट सोही नगरपालिका–७ छ्ल गाउँतर्फ जाँदै गरेको भे १३ प ९२६५ मोटरसाईकलाई शंका लागि चेक गर्ने क्रममा मोटरसाईकलमा सवार ठुलिभेरी नगरपालिका–७ बस्ने ३२ बर्षिय विष्णुलाल रोकाया र ४२ वर्षीय भक्तिचन्द्र रोकायाले बोकेको झोलामा पैसाको गड्डी फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

भेरी करिडोर सडकखण्ड अन्र्तगत त्रिपुराकोटमा सशस्त्र प्रहरी बल नेपाल नं ४६ गुल्म डोल्पा, नेपाल प्रहरी तथा जिल्ला प्रसाशन कार्यलयको प्रतिनिधीसहितको संयुक्त टोलीले चेकप्वान्ट खडा गरी जाचँ गर्ने क्रममा उल्लेखित रुपैयासहित उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो ।

नियन्त्रणमा लिएका उनीहरुलाई बरामद रुपैयाँसहित आवश्यक अनुसन्धानको लागि प्रहरी चौकी त्रिपुराकोटमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया