ब्युँतियो सुशीला सरकारले हटाएकाे सांसदले स्वकीय सचिव राख्ने व्यवस्था

काठमाडौँ । सरकारले संघीय संसद्का सदस्यहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यसबारे निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिइन् । यसअघि सुशीला कार्की नेतृत्वको सरकारले गत असोज ५ गते सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था हटाएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले फेरि सांसदलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताएको हो । मन्त्रिपरिषद्को बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गरेर सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको हो ।

प्रतिक्रिया