काठमाडौं । गायिका एलिना चौहान र सर्जक तथा गायक आशिष अविरलको आवाजमा ‘पुतली’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा साहित्यकार भीष्मराज फुलाराको शब्द रहेको छ भने राजेन्द्र बजगाईको संगीत रहेको छ ।
बलिउडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल सञ्जु फिल्मको ‘मै भी बडीया तु भी बडीया’ जस्ता थुप्रै चर्चित भारतीय गीतका संगीत संयोजक निषाध चन्द्राको संगीत संयोजन र आशिष अविरलकै मिक्सिङ तथा मास्टरिङमा उक्त गीत ‘पुतली’ एपी चलचित्र प्रोडक्सन युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
सुनिल सुनिल बिकको निर्देशन रहेको गीतको भिडियोमा मोडेल प्रदिप लामा, जुना सुन्दासको अभिनय रहेको छ भने अनिशा क्षेत्री, लाक्पा लामा, तनुजा बुढा मगर, सुमित राजबंशीले अभिनयमा साथ दिएका छन् ।
गीतको भिडियोमा शियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ भने अनिल के मानन्धरको छायांकन, राजु लामाको सहायक छायांकन, अविनाश मानन्धरको ड्रोन, प्रविन भट्टको सम्पादन, मिलन बिश्वकर्माको कलर, ज्योती केसी र नविन खड्काको श्रृंगार र निर्मल न्यौपानेको प्रोडक्सन रहेको छ ।
प्रतिक्रिया