भूकम्प किन र कसरी जान्छ ? आजसम्म विश्वमा गएका भूकम्पहरू एकै कारणले गएका छैनन् । भूकम्प विभिन्न कारणले जान सक्छ । यसका प्रमुख कारणहरूमा पृथ्वीभित्रका चट्टानका बीच धरापिलो अन्तराल हुँदा त्यसको अनुकूलनका लागि भूकम्प जाने हुन्छ । पृथ्वीभित्रका खनिज तत्वहरूको विस्फोटनले गर्दा पनि पृथ्वीमा कम्पन उत्पन्न हुन्छ । उक्त चट्टानहरूको धराप वा खनिज तत्वहरूको विस्फोटनको पनि खास केन्द्रबिन्दु हुन्छ । त्यस केन्द्रबिन्दुमा कम्पन भएपछि क्रमशः आसपासका क्षेत्रमा तरंग फैलिने हुँदा कम्पनको मात्र जेजति शक्तिशाली छ त्यसले आसपासका क्षेत्रहरूलाई त्यति नै प्रभावित पार्ने हुन्छ । भूकम्प पानीमा ढुंगा फाल्दा केन्द्रबिन्दुबाट गोलाकार रूपमा तरंग जस्तै चारैतर्फ विस्तारित हुने अथवा समान रूपमा वरिपरिको क्षेत्रलाई प्रभावित पार्ने खालको हुँदैन । कम्पनको केन्द्रबिन्दुबाट यो कुनै व्यवस्थित रूपमा समस्तरीय भई आसपासमा विस्तारित हुँदैन । आसपासका क्षेत्रमा जतातिर भूबनोट कमजोर हुन्छ, त्यतातिर यसले बढी प्रभावित पार्ने र बलियो भूबनोट भएका क्षेत्रतिर कम प्रभावित पार्ने हुन सक्छ । सामान्यतः ठूलाठूला भूकम्प आउँदा त्यसभन्दा पहिले र पछि पनि केही सानातिना कम्पनहरू हुने गर्दछन् । उक्त ठूला भूकम्पभन्दा पहिले हुनेलाई पूर्वकम्पन र पछिकालाई परवर्ती कम्पन भनिएको पाइन्छ । त्यस्ता पूर्व र परवर्ती कम्पनहरू कम आयतन वा क्षमताका हुने हुँदा पनि कम विनाशकारी वा कम हानिकारक हुन्छन् । परवर्ती कम्पनहरूचाहिँ निकै मात्रामा हुने गर्दछन् । ठूलाठूला कम्पनहरू तथा धक्काहरूले विचलित भई भूबनोट भासिने, खुम्चिने वा उठ्ने हुन सक्छ । अतः त्यसबाट जमिनमा हुने परिवर्तित स्थितिमा आफ्नो बनोटलाई पुनः अनुकूलित गर्न परवर्ती कम्पनहरू हुने गर्दछन् ।
नेपालमा भूकम्प जाने मुख्य कारणमा इन्डियन प्लेट क्रमिक रूपमा तिब्बतीय प्लेटमा घुसिरहेको कारणले सञ्चय भएको एक प्रकारको शक्तिको उत्सर्ग हुँदा बाहिरी भागमा भूकम्पको सिर्जना हुन्छ भन्ने भूगर्भवेत्ताहरूको भनाइ छ । उक्त दुई प्लेटहरू एक आपसमा घुस्ने प्रक्रिया अझै पूर्णतः समाप्त भइनसकेकाले समय समयमा भूकम्पहरू आइरहने गर्दछन् । बलियो भूभागको दबाब कमजोर भूभागमा परिरहनाले बेलाबेलामा त्यसको सन्तुलन कायम गर्न भूकम्पहरू गइरहने सम्भावना छ । हिमालय शृंखला र त्यकसो आसपास भूकम्प प्रकोपजन्य क्षेत्रमा पर्छ भनी विश्वको भूकम्पीय नक्सामा उल्लेख हुनुलाई उपर्युक्त कारणहरूले पुष्टि गरेको पाइन्छ ।
भूकम्पमापन यन्त्र सेस्मोमिटर के हो ?
भूकम्पहरू पृथ्वीभित्र भइरहने भौगर्भिक प्रक्रियाहरूको फलस्वरूप हुन जान्छन् । अतः पृथ्वीभत्रि कुनै केन्द्रबिन्दु (हाइपोसेन्टर) बाट एक प्रकारको शक्तिको उत्पत्ति भई कुुनै खास क्षेत्रमा फैलिँदै जान्छ । केन्द्रबिन्दुको सिधै माथि पर्ने पृथ्वीको सतहको बिन्दुलाई इपिसेन्टर भनिन्छ । भूकम्प जाँदा कति शक्ति उत्पत्ति भयो, त्यसको लेखाजोखा भूकम्पको म्याग्नेच्युडबाट गर्न सकिन्छ । म्याग्नेच्युड रेक्टर स्केलमा नापिन्छ । साधारणतया केन्द्रबिन्दुबाट जति टाढा गयो उत्ति पृथ्वीको कम्पन कम हुँदै जाने हुँदा भूकम्पबाट हुने विनाश पनि न्यून हुँदै जान्छ । कुनकुन स्थानमा कत्राकत्रा भूकम्पहरू जाने गर्छन् त्यसको आँकडाहरू म्याग्नेच्युड रेक्टर स्केलबाट लिन सकिन्छ । भूकम्पबाट जमिनमा उत्पन्न हुने तरंगलाई सेस्मोमिटरको सहायताले विद्युतीय तरंगमा परिणत गरेपछि कुनै पनि माध्यम, कागज वा म्याग्नेटिक टेपमा रेकर्ड गर्न सकिन्छ ।
नेपालको सेस्मोमिटरको स्थापना सम्बन्धमा जानकारी लिँदा सुरुमा फ्रान्स सरकारको सहयोगमा सन् १९७८ नोभेम्बर महिनामा एउटा भूकम्पमापन केन्द्रको स्थापना भएको पाइन्छ । यसको विस्तार गर्नै क्रममा सन् १९८५ सम्म अधिराज्यभर ३ वटा केन्द्रहरूको स्थापना भएको थियो । २०४५ सालमा आएको भूकम्पपछि भूकम्पमापक केन्द्रहरूको जरुरी महसुस गरियो । यसै क्रममा विभिन्न पहलहरूपश्चात् फ्रान्स सरकारकै सहयोगबाट खानी तथा भूगर्भ विभागमा एउटा नेसनल नेटवर्कको स्थापना हुनसक्यो । हाल अधिराज्यभरका विभिन्न स्थानहरूमा टेलिमेट्रो प्रणालीका २१ वटा भूकम्पमापन केन्द्रहरू स्थापना भएका छन् । सो केन्द्रहरूका सहायताले क्षणभरमै भूकम्पको इपिसैन्टरलाई पत्ता लगाउन सकिने भएको छ ।
२६ डिसेम्बर २००३ मा इरानको दक्षिणी भाग केरम्यान प्रोभिन्सको बाम सहरमा स्थानीय समयअनुसार बिहान ५ बजेर २७ मिनेटमा गएको ६.३ रेक्टर स्केलको भूकम्पले करिब ३६००० मानिसहरूको हृदयविदारक रूपमा मृत्यु भई ऐतिहासिक महत्वपूर्ण सहर भग्नावशेषको रूपमा रह्यो । भूकम्पबाट विगतमा नेपालले पनि धेरै जनधनको क्षति सहनुपरेको थियो भने अहिलेको बढ्दो जनसंख्या, सहरीकरण तथा अव्यवस्थित विकास निमार्णले भूकम्प जस्तो प्रकोपमा जनधनको क्षति हुने जोखिमलाई बढाइदिएको छ । भूकम्पका साथै विभिन्न खालका प्रकोपहरूबाट समुदायलाई सुरक्षित नराखेसम्म कुनै पनि विकास कार्यको दीर्घजीवन सुरक्षित र सुनिश्चित हुँदैन । यस्ता प्रकोपबाट समाजलाई तत्कालीन मात्र होइन, दीर्घकालीन असरसमेत पर्ने र त्यसबाट मुक्ति पाउन धेरै कठिन हुने भएकाले प्रकोप व्वस्थापन र न्यूनीकरणलाई विशेष प्राथमिकता दिनु हरेक क्षेत्रका लागि जरुरी भएको छ । भूकम्पबाट हुनसक्ने व्यापक क्षतिलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ भन्ने तथ्यलाई विकसित मुलुकहरूले सावित गरिसकेका छन् । सरकारले यसै तथ्यलाई मनन गरी पूर्वतयारीप्रति व्यापक जनचासो र जनसक्रियता अभिवृद्धि गराउन २०५५ साल माघ २ गतेदेखि आजैको दिनलाई भूकम्प सुरक्षा दिवस नामकरण गरी गठन गरिएको भूकम्प सुरक्षा दिवस राष्ट्रिय समितिले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू तय गरी सो दिवस मनाउँदै आएको छ ।
भूकम्पको सन्त्रासबाट देश र जनतालाई समयमै जोगाउन भूकम्पीय सुरक्षा अवधारणा अपनाउनु अपरिहार्य हुन्छ तर यस्ता प्रयास निरन्तर र संगठिन रूपमा हुनुपर्दछ । निर्धारित लक्ष्यलाई हासिल गर्न दीर्घकालीन ठोस योजनाहरू तर्जुमा गरी कार्यान्वयन गरिनुपर्छ ।
सीमित साधन र स्रोतका बाबजुद पनि विभिन्न क्षेत्रको प्रयासबाट नेपालमा भूकम्पीय जोखिम न्यूनीकरणका केही उपायहरू प्रारम्भ भएका छन् । सरकारी स्तरमा जाइकाको सहयोगमा काडमाडौं उपत्यका भूकम्पीय जोखिम न्यूनीकरण अध्ययन कार्य भएको छ । भूकम्पलाई रोक्न वा छेक्न नसके तापनि अहिले वैज्ञानिकहरू यसको भविष्यवाणी गर्न तल्लीन छन् । भूकम्पको पूर्वानुमानसम्बन्धी विषय वैज्ञानिकहरूको अध्ययनको विषय नै बनिरहेको छ । यसमा व्यापक धन राशि खर्च भइरहेको छ । यसै तथ्यलाई मनन गरी भूकम्पबाट हुनसक्ने अपार जनधनको क्षतिलाई सकेसम्म घटाउनका लागि जनचेतना अभिवृद्धितर्पm सघाउ पु¥याउने मुख्य उद्देश्यले नेपालमा प्रत्येक वर्षको माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसको रूपमा विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको छ ।
भूकम्पजस्तो जटिल र आकस्मिक प्राकृतिक प्रकोपबाट हुनसक्ने अपार जनधनको हृदयविदारक क्षति न्यून गर्नेतर्पm हामी सबै चनाखो हुनुपरेको छ । हामीले हरेक वर्ष विकासको पूर्वाधार निर्माणमा अर्बौं रुपैयाँ खर्च गर्ने गरेका छौँ । यी पूर्वाधारहरूलाई भूकम्पीय जोखिमबाट सकेसम्म कम गर्दै लानुपर्ने अहिलेको वास्तविकता बनेको छ । त्यसैले भूकम्पको चपेटाबाट सकेसम्म बच्न बचाउनका अलावा भूकम्पबाट हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गरी मानव समुदायलाई अकाल मृत्युबाट बचाउन सामूहिक प्रयासको खाँचो छ ।
भूकम्प, बाढी, पहिरो, आगलागी, हुरीबतास, ज्वालामुखी, समुन्द्री आँधीबेहरी जस्ता प्रकोपहरूको व्यवस्थापन कार्यलाई व्यवस्थिति एवं प्रधावकारी बनाई देशमा सञ्चालित विकास निर्माणका कार्यक्रमहरूलाई दिगो, भरपर्दो एवं उच्च प्रतिफलयुक्त बनाउनको साथै जनजीवनलाई प्रकोपबाट सुरक्षित राख्न ठोस योगदान पु¥याउन दसौँ योजनामा प्रकोप व्यवस्थापको मुख्य उद्देश्य रहेको देखिन्छ । उल्लेखित उद्देश्यहरू परिपूर्ति एवं कार्यान्वयन गराउन सरकारले विभिन्न किसिमका रणनीतिहरू अपनाउनुपर्ने र यी रणनीतिअनुरूपका कार्यनीतिहरू सञ्चालन गर्नुपर्ने देखिन्छ ।
प्रकोप व्यवस्थापनसम्बन्धी योजना एवं नीति तयार गर्दा प्रकोप एवं वातावरणीय प्रभाव न्यूनीकरण हुने प्रविधिको प्रयोग तथा विकासमा जोड दिने, उद्धार एवं राहत कार्यलाई पारदर्शी बनाउने र मौजुदा भूकम्पमापन केन्द्र तथा प्रकोप व्यवस्थापनलाई अझ सुदृढीकरण बनाउने यसका रणनीतिहरू रहेका छन् । यस किसिमको बहुक्षेत्रीय दायित्व भएको व्यवस्थापन पक्षमा सरकारी गैरसरकारी अन्तर्राष्ट्रिय एवं सामाजिक उत्तिकै भूमिका रहने गर्दछ ।
प्रकोप व्यवस्थापन माथि सबै संस्थाहरूले गर्ने आ–आप्mना कार्यक्रमहरू सक्रिय समन्वय राखी एकीकृत रूपमा अगाडि बढाउनुपर्ने आजको खाँचो छ । विकासका कार्यक्रम, योजना तयार गर्दा प्रकोपबाट हुनसक्ने क्षति र त्यसलाई न्यूनीकरण गर्ने कार्यक्रमसमेत उल्लेख गरी अवलम्बन गरेमा प्रकोपको दुष्प्रभावबाट मुलुकलाई धेरै हदसम्म सुरक्षित राख्न सकिन्छ ।
प्रतिक्रिया