नेपाल अर्गानिक घरद्वारा प्रथम खुला फुटसल कप आयोजना हुँदै

काठमाडौँ । नेपाल अर्गानिक घरले पहिलो पटक प्रदेश ६ र ७ स्तरको खुला फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता भक्तपुरस्थित निकोसेरा फुटसल कोर्टमा २०८३ साउन ११ र १२ गते सञ्चालन हुने भएकाे हाे । नेपाल अर्गानिक घरका अध्यक्ष राज बहादुर शाहीका अनुसार प्रतियोगितामा प्रदेश ६ र ७ का उत्कृष्ट टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

खेलकुदमार्फत युवामा स्वास्थ्य, अनुशासन, एकता र आपसी भाइचाराको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए । प्रतियोगिताको प्रथम विजेताले रु. ५५ हजार ५ सय ५५ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय विजेताले रु. २५ हजार ५ सय ५५ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा सर्वाधिक गोलकर्ता (High Scorer) लाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूलाई समयमै दर्ता गर्न आयोजकले आग्रह गरेको छ । प्रतियोगिताले कर्णाली र सुदूरपश्चिमका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास आयोजकको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया