विश्वकपमा स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाले लियो सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तिम क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध सुरुवाती अग्रता लिएको छ ।

अहिले जारी अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले १–० ले अग्रता लिएको हो ।

कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन् । आजको विजेता टिमले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ । यसअघि भएको अर्को क्वार्टरफाइनल नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

प्रतिक्रिया